शनिबारबाट सिमकोट हिल्सा सडक आंसिक बन्द

सि.टा. समाचारदाता
सिमकोट । जेठ १७ गते शनिवारबाट सिमकोट हिल्सा सडक आंसिक रुपमा बन्द हुने भएको छ । सो सडक खण्डको च्याछरा क्षेत्रको सडक चौडा र आसिसि ढलानन गरिनने भएको कारण सडकलाई आंसिक रुपमा बन्द गरिएको हो ।

कर्णाली करिडोर अन्तरगत नाम्खा गाउपालिका –२ च्याछहराको चट्टानी भीरको सडक जेठ १७ देखि बाटो चौडा गर्ने र आरसिसि ढलान गर्नुका साथै कल्भट निर्माण गर्न लागिएको कारण तोकिएको समयमा वाहेक अन्य समयमा सडक बन्द हुने उक्त खण्डको सडकको स्तरोन्नतीको काम गर्न जिम्मेवारी पाएको आसिक ईन्जिनीयरिङका हरि बोगटीले बताए ।

साथै च्याछहरा खण्डमा केही समय बाटो खुल्ला रहने हुदा उक्त समयमा यातायातका साधन सुचारु गरेर यात्रा गर्न उननले आग्रह गरे । अब निर्माण कार्य हुन्जेल सो सडकमा हरेक दिन बिहान सात वजेसम्म सञ्चालनमा रहनेछ ।

त्यसैगरि दिउसो बाह्र बजेवाट एक वजेसम्म एक घण्टाका लागि पनि खुल्ला रहने छ भने बेलुका सात वजेपछि मात्र सडक सुचारु हुनेछ । यो कार्यमा सम्पुर्ण यात्री तथा यातायात ब्यावसायीहरुलाई सहयोग गर्न र यसबाट पर्न गएको असहजता प्रति क्षेमा समेत उक्त कम्पनीले मागेको छ ।