महिलामा रक्त अल्पताको समस्या बढ्दै

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका महिलाहरुमा रक्त अल्पताको समस्या बढी देखिएको छ । महिलाको रक्त अल्पताको स्थलगत रुपमा परिक्षण गरिदै सिमकोट गाउँपालिका र खार्पुनाथ गाउपालिकाका गर्भवती, पाँच वर्षमुनी र प्रजनन क्षेमता भएका महिलाहरुलाई परिक्षण गर्दा यो समस्या देखिएको हो ।

परिक्षण कार्यमा सहभागी हुन भएकी स्वास्थकर्मी शुशिला शाहले पाँच वर्षमुनि र पन्द्रदेखि ४९ वर्ष उमेरकी गर्भवती महिलामा यो समस्या बढी देखिएको बताईन । दुई वटा गाउँपालिका गरि ६९१ जना महिलाको रक्त अल्पता परिक्षण गरिएको छ । परिक्षण मेशिन समेत गाउँगाउँमै लगेको कारण तत्काल त्यसको परिणाम पत्ता लगाउने कार्य भएको हो ।

परिक्षण गरिएका महिलाहरु मध्य पाँच वर्ष मुनी र पन्द्रदेखि ४९ वर्ष उमेरकी गर्भवती महिला मध्य ६५ प्रतिशतमा यो समस्या देखिएको हो । यता पन्द्रदेखि पचास वर्ष उमेर समुहकी प्रजनन क्षेमता भएका तर गर्भवती नभएको महिलामा भने यो समस्या तुलनात्मक रुपमा कम देखिएको थियो ।

यो कार्य ग्लोवल ईनभाईरोटिच इनिसियटिभ एसियाको आर्थिक सहयोगमा गरिएको हो । यसका लागि उक्त संस्थाबाट क्लेराको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मीहरुले सो कार्य गर्नु भएको हो । अफ लाईनबाट काम गरेर कम्प्युटरमा इन्ट्री गरिएको र त्यसको बिबरण सिधै काठमाडौं जाने प्रर्णाली गरिएको थियो । केही समयपछि यसको एकिन प्रतिबेदन आउने छ ।

साथै सम्वन्धित वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले पनि सहयोग गर्नु भएको थियो । रक्त अल्पता परिक्षण सिमकोट गाउँपालिकाका– १,२, ६, ७ र ८ तथा खार्पुनाथ गाउँपालिका– १, ४ र ५ का गर्भवती, पन्द्य्रदेखि पचास वर्ष उमेरका अन्य महिला र पाँच वर्षुमनिका बालिकाहरुको गरिएको हो ।

प्रतिबेदनमा परिक्षण गरिएको महिला मध्य पचास प्रतिशतमा रक्त अल्पताको समस्या देखिए यसको निदानका लागि कार्यक्रम लागु हुनेछ । यो कार्य बाजुरा जिल्लामा पनि गरिएको थियो ।