न्यालु लेकको सडक अबरुद्ध

फोटो क्याप्सन लिमीबाट सिमकोटतर्फ आउने क्रममा न्यालुको सडकमा जमेको हिउ तस्बिर ः सौजन्य धिरज रोकाया

सि.टा समाचारदाता
सिमकोट । शनिबार रातीबाट परेको वर्षापछिको हिमपातले नाम्खा गाउँपालिकाको न्यालु लेकको सडक अबरुद्ध भएको छ । हिमपातले सडक अवरुद्ध भएपछि लिमीबाट सिमकोट र सिमकोटबाट लिमी लाप्चा जाने यातायातका साधन दुवैतिर रोकिएका छन ।

आईतबार बेलुका लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गरेर सिमकोट फिर्ता भएका सिमकोट गाउँपालिका–५ निवासी बालमन्दिर माविका शिक्षक धिरज रोकायाले लिमीतर्फबाट न्यालु लेक आउने क्रममा बाक्लो हिमपातले गर्दा वोलेरो जीप रोक्नु परेको बताए । पाँच हजार मिटर अग्लो उक्त लेक हिमपातले गर्दा बोलेरो जीप चढ्न नसकेपछि लिमी तुम्लिङतर्फ यात्रु बोकेर फिर्ता गएको थियो ।

उनले आफु भने आईतबार बेलुका सात बजे न्यालु लेकबाट छुसा हुँदै सिमकोटतर्फ आएको बताए । सोमवार बिहान मात्र उनी सिमकोट आई पुगेका हुन । शिक्षक रोकाया सहित सात जना लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न गएका थिए ।

लाप्चाबाट सिमकोट आउने क्रममा उनीहरु समस्यामा परेका हुन । सडकमा हिउ जमेको कारण सडक अवरुद्ध भएपछि लिमीबाट सिमकोटतर्फ आउने एउटा ट्रक, बोलेरो जीप, मोटर साईकल लिमीर्फ फिर्ता भएका छन भने सिमकोटबाट लिमीतर्फ जाने यातायातका साधनहरु पनि सेलिवाङ दह र छुसामा रोकिएको र यात्रुहरु पनि गोठालासंग वास बसी रहेका छन् ।

न्यालुको सडकमा हिमपात भएर हिउ जमेपछि यातायात सेवा अबरुद्ध भएको खवर आएको र यात्रुहरु भने कोही पनि समस्यामा नदेखिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । सडकमा जमेको हिउको अवस्था बुझन्का लागि ईलाका प्रहरी चौकी लिमीबाट उनले बताए ।

जेठको मध्य भन्दा बढी महिना बिती सकेको अवस्थामा हिमपात भएको छ । यो हिमपात दश वर्षपछि यो समयमा न्यालु लगाएतका उच्च क्षेत्रमा भएको हो । दुई हप्ता अगाडी मात्र एघार दिन लगाएर पुर्वाधार बिकास कार्यालयले स्काभेटरबाट जमेको हिउ पन्छाएर यातायत सेवा सुचारु गरेको थियो । सडकमा जमेको पुरानो हिउ पन्छाउने कार्य भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य सुरु भएको भएपनि अहिले भने पून रोकिएको छ ।