वडा बाल श्रम र बालबिबाह मुक्त घोषित

फोटो क्याप्सन घोषणा कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाही र आयोजित कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । खार्पाुनाथ गाउँपालिका– ५ लाई एक कार्यक्रमको अयोजना गरि बालश्रम तथा बालबिबाह मुक्त वड घोषणाा गरिएको छ । १८ वर्ष मुनिका बालबालिकाहरुलृ बालश्रम गरेको नपाईनु र सरोकारवाला पक्षले बलबिबाह नगर्ने प्रतिबद्धता जनाएपछि मुक्त घोषित गरिएको हो ।

सिंगो वडालाई बालश्रम तथा बालबिबाह मुक्त घोषित गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताए । उनले नौ वटा क्षेत्रमा बालबालिकाहरुले कुनै बालश्रम हुने कार्य गरेको नदेखिएको कारण बालश्रम मुक्त वडा घोषणा गरिएको बताए । वडा भित्र रहेका सबै वस्तीका बालबालिकाहरुले बालश्रम गरे नगरेको अनुगमन गरिएपछि घोषणा कार्यक्रम राखिएको हो ।

त्यसैगरि वडा भित्रका जनप्रतिनिधि, कर्मचारी विद्यालयका प्रधानाध्यापक, शिक्षक, बिधाथीर्, नागरिक अगुवा, महिला समुह र सर्वसाधारणले बाल बिबाह नगर्ने प्रतिबद्धता जनाउनुका साथै गर्न उक्साउनेलाई कानूनी दायरामा ल्याउने, बालबिबाह गरेको पाईए उजुरी गर्ने लगाएतका कुर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि वडालाई बाल बिबाह मुक्त वडा घोषणा गरिएको छ ।

सो वडाका ३६० जना निर्धारित उमेर समुहका बालबालिकाहरु रहनु भएको छ । कार्यक्रममा वडा अध्यक्ष शाही, गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, उपाध्यक्ष ज्ञानबहादुर सिंह, प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, अन्य वडाका वडा अध्यक्षहरु चन्द्र रावल, रंगमति शही लगाएत जनप्रतिनिधि, कर्मचारी, बिधार्थीहरु र सर्वसाधारणको उपस्थिती रहेको थियो ।