सि.टा समाचारदाता
सिमकोट । जिल्लाका तीन वटै सुरक्षा निकायद्धारा विपद प्रतिकार्य पुर्वतयारी अभ्यासको प्रर्दशनी गरिउको छ । मनसुन भित्रिन अगाडी त्यसबाट सुरक्षित रहनका लागि सन्देश प्रवाह गर्नका लागि उक्त अभ्यास प्रर्दशनी गरिएको हो ।
शत्रुभञ्जन गुल्म रानी बनको अगुवाईमा सोमबार दिउसो सिमकोट गाउँपालिका– ५ को सिम क्षेत्रमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु विपद प्रतिकार्य पुर्वतयारी अभ्यास प्रस्तुत गरेको गुल्मपति हरिबावु श्रेष्ठले बताए ।
मनसुन भित्रिने समय भएको बेला सर्वसाधारणदेखि सवैलाई संभावित हुन सक्ने विपदबाट सुरक्षित रहनका लागि उक्त प्रर्दशनी गरिएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले सो अभ्यास गरेका थिए ।
सुरक्षाकर्मीद्धारा चार प्रकारको अभ्यास प्रर्दशन गरिएको थियो । जसमा आगलागी नियन्त्रण, पहिरोमा पुरिएका पिडितको उद्धार, अग्लो भीरबाट लडेर घाईते भएका बिरामीको उद्धार गर्ने तरिका र खोला किनास जहाँ पुलको ब्यवस्था नभएको अवस्थामा अग्लो स्थानमा डोरीको सहायतले वारपार गर्ने तरिकाका पारेमा सुरक्षाकर्मीले प्रर्दशनी गरेका थिए । यसले मनसुनको समयमा उद्धार गर्न सहज हुने विस्वास गरिएको छ ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले यो प्रर्दशनी आवश्यक रहेको बताउदै विपद आएर त्यसबाट जोगिनका लागि हुम्लाको भुगोलले असहज वनाएको बताए । यस्ता अभ्यासहरु ग्रामिण स्तरमा गर्न आवश्यक रहेको उनको भनाई थियो ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले विपद खवर गरेर नआउने भएको कारण यसप्रति वेलैमा सचेत रहनु पर्ने बताए । मनसुन जन्य विपदको वेला उद्धारका सामाग्रीहरुको अभाव रहेको बताउदै उनले यसको व्यवस्था स्थानीय गाउँपालिकाले गर्न आवश्यक रहेको बताए ।
गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनकिरण तथा ब्यवस्थापन प्राधिकरणका सहसचिव सुरेश पन्थी, कार्यक्रममा प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायव उपरिक्षक पुष्करबहादुर सिहं, राजनीति दलका नेता, नागरिक समाज लगाएतको उपस्थिती रहेको थियो ।























