सि.टा.समाचारदाता
सिमकोट । हेल्थ अस मेडिकल सेन्टरले एकिकृत स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । सिमकोट गाउँपालिका– १ को कुम्लिक जिउलामा उक्त शिबिर आयोजना गर्न लागिएको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको सेन्टरका प्रमुख नारायण फडेराले बताए ।
शिबिर जेठ २६ र २७ गते बिहानैबाट हुनेछ । शिबिरमा जिल्ला अस्पतालबाट बिशेषज्ञ सहित तीन जना चिकीत्सकहरुले उपचार प्रदान गर्नेछन भने अन्य स्वास्थ्यकर्मीहरुले समे सेव निेछन । ब्यापार सहितका सामाजिक सेवा प्रदान गर्न सेन्टरले यो शिबिर आयोजना गर्न लागेको हो ।
बिशिरमा स्त्री सम्वन्धि सम्पुर्ण रोगको निशुल्क चेकजाच र औषधी बितरण गरिनेछ । त्यसैगरि भिडियो एक्सरे, नाक कान घाँटी उपचार पनि हुनेछ । त्यसैगरि सुगर र प्रेशरको पनि जाँच गरिनेछ ।
शिबिरमा सिमकोट गाउँपालिकाका दोजाम, वैजिवाडा, ठेहे, वरगाउँ, तोर्पा, हुटिक, लिमटाङ गाउँवासी लवभि हुे छन भने खार्पुनाथ गाउँपालिकाका ताक्ला, बाम्टा र चौरका स्थानीयले उपचार पाउनेछन । त्यसैगरि पैदल यात्रुहरुले आफ्नो स्वास्थ्य चेकजाच गर्न सक्नेछन । शिबिर सम्पुर्ण रुपमा निशुल्क हुनेछ । त्यसको आर्थिक ब्यवस्थापन सेन्टरले गर्नेछ ।























