लाोग भण्डारी
सिमकोट । स्वरकी धनी सुनिता लामा जहिल्यै देउडा गीत गाउनमा रमाउने गर्दै आएकी छन् । कला र गला दुवैले साथ दिएको कारण लामा आफै पनि देउडा गाउन मन पराउने र त्यस माथि साथी भाईले गाउनका लागि हौसाउने गर्दै आएकी हुन ।
उमेर यतिबेला लामा तेह्र वर्षमा लगेकी छन तर उनले आठ वर्षको उमेरबाट यसरी देउडा गाउन सुरु गरेकी थिईन ।
आफै पनि देउडा गाउन मन पराउने र त्यस माथि विद्यालयका साथीहरुले झनै देउडा गाउन दवाव दिने गरेको उनले बताईन । जन्मघर खार्पुनाथ गाउँपालिका– ५ भएपनि हाल लामा सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा नौमा अध्ययन गर्दै आएकी छन ।
विद्यालयमा हुने सार्वजनिक कार्यक्रम सधै लामालाई देउडा गाउने अनुरोध आउछ भने शुक्रवारीय कार्यक्रममा पनि उनले देउडा सधै गाउने गर्छिन । हालसम्म एक सय पचास वटा सार्वजनिक कार्यक्रममा मञ्चमा पुगेर देउडा गाएको अनुभव उनलाई रहेको छ ।
मिठो स्वरमा देउडा गाउने लामा अचम्मीत पार्ने प्रतिभा भने बाहिर प्रचारमा आउन सकेको छैन । अब देउडा गीतको म्यूजिक भिडियो निर्माण गर्ने उनको चाहाना रहेको छ । उक्त विद्यालयका शिक्षक राकेश बोहराले प्रतिभान लामाको मिठो स्वर सुनेर सबैलाई मनोरन्जन प्रदान गर्ने रहेको बताए ।
हालसम्म यतिको कलिलो उमेरमा यसरी देउडा गीत पनि रच्ने र आफ मिठो स्वरम गाउन बिधार्थी नदेखेको उनको भनाई छ । उनले लामाको प्रतिभालाई बाहिर प्रचार प्रसारमा ल्याउन आवश्यक रहेको बताईन ।























