हेक्पा खोलामा पक्की पुल निर्माण

फोटो क्याप्सन सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माण कार्य पुरा भएको पक्की पुल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका– १ र सिमकोट गाउँपालिका– १ को सिमाना पर्ने हेप्का खोलामा सम्झौताको आठ वर्षपछि पक्की पुलको निर्माण भएको छ । सो पुलको निर्माण कार्यमा सघाउ पुर्याउदै आएको हिल्सा सिमकोट सडक योजनाको पटक पटकको ताकेता पछि पुलको निर्माण कार्यले पुर्णता पाएको हो ।

निर्माण कम्पनीलाई धेरै ताकेता र परिपत्र गरेको परिणाम हेप्का खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । उक्त पुल सम्झौता भएको आठ वर्षपछि निर्माण कार्य पुरा भएको होे । पुलको निर्माणा कार्य भएको र अब एप्रोज रोडको निर्माण कार्य धमाधम भई रहेको छ । पुलको दुवैतर्फ गरि पचास मिटर एप्रोन रोड निर्माण असार भित्र हुने छ ।

सो पुलको निर्माण कार्य अगाडी बढाउनका लागि निर्माण कम्पनी पक्षलाई धेरै पटक योजनाले ताकेता गर्नु परेको थियोे । पुल यो अवस्थामा पुग्न हालसम्म पटक पटक गरि पाँच पटक त म्याद थप कार्य भएको थियो । पुलको लम्बाई पच्चीस मिटर रहेको छ भने तेह्र मिटर उचाई रहेको छ ।

निर्माण कम्पनी सपना धुलिखेल जेभीका अनुसार पुलको निर्माण कार्य सवै पुरा भएको र हाल कमदारले एप्रोन रोड निर्माण गरि रहनु भएकाो छ । अब जति सक्दो चाँडो एप्रोन रोड निर्माण गरेर हस्तान्तरणमा लाग्ने निर्माण कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पुल निर्माणका लागि २०७४ साल साउन १५ गते निर्माण कम्पनी जेभीसंग योजनाले सम्झौता गरेर २०७६ साल साउन १५ गते सम्पन्न गर्नुपर्ने थियो ।

यसका लागि निर्माण कम्पनीले दश करोड ४८ लाख ८८ हजार ९४५ रुपियाँमा आयोजनासंग सम्झौता गरेको थियो । यसअघि सडक सञ्जाल नजोडिएको कारण निर्माण सामाग्री ढुवानी गर्न कठिन र त्यसपछि कोरोनाको कारण काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनी पक्षले जनाउँदै आएको थियो ।

यसअघि ताग्रु खोला र सल्ली खोलामा पक्की पुल निर्माण भएर सञ्चालमा आई सकेका छन । हिल्सा सिमकोट सडक खण्डमा अब याङ्गार खोलामा पक्की पुलको निर्माण कार्य भई रहेको छ । हिल्सा र तुम्कोटमा भने बेलिब्रीज निर्माण भएर हाल सञ्चालनको अवस्थामा रहेका छन ।