
सि.टा. समाचारदाता
सिमकोट । एक बालबिबाह गर्ने जोडीलाई आ आफ्नो घर फर्काउने कार्य भएको छ । गाउँपालिकाको समन्वयमा बालबिबाह गर्ने एक जोडी बालबाालकालाई सम्झाउने कार्य गरेर आआफ्नो घर फर्काउने कार्य भएको हो ।
पाँच दिन अगाडी बालबिबाह गर्ने एक जोडी बालबालिकालाई आआफ्नो घर फर्काउने कार्य भएको खार्पुनाथ गाउँपलिकाका– ५ का वडा अध्यक्ष भरतजंग शहीले बताए । यसरी बालबिबाह गर्ने जोडीमा खार्पुनाथ गाउँपालिका– २ की चौध वर्षकी अस्मीता रावल र सिमकोट गाउँपालिका– २ का पन्द्र वर्षाका भुपेन्द्र भण्डारी रहेका छन ।
उनीहरु दुबै जना विद्यालयमा अध्ययनरत गर्दै आएकाा छन। उनीहरुबिच बिबाह भएको जानकारी आउने बित्तिक्कै दुवै गाउँपलिकाको समन्वयमा दुवै जना बालबालिका र उनीहरुको अभिभावकको उपस्थितीमा सम्झाउने र बीस वर्ष कटेपछि बिबाह गर्ने सर्तमा हाललाई आआफ्नो घरमा फर्काउने सहमति अनुसार कार्यान्वयन भएको होे ।
वडाअध्यक्ष शाहीले यो सर्त नमाने कानून अनुसाार अगाडी बढ्ने जानकारी गराएका थिए । बिहीबार दुवै जनालाई अभिभावको जिम्मा लगाउने कार्य भएको हो
खार्पुनाथ गाउपालिका




















