हुम्लामा योग दिवस नमार्ईयो

फोटोे क्याप्सन योगाभ्यास गर्दे सहभागीहरु । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । भारतीय योग आचार्यले हुम्लामा योगाभ्यास गराएका छन । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सहभागीहरुलाई सो अभ्यास गराएका हुन ।
मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा सदरमुकाम सिमकोटमा रहेका योग आचार्य अनुराग चौहानले योगाभ्यास गराएको आर्युवेद स्वास्थ्य केन्द्रकी चिकित्सक चाहाना शर्माले बताईन ।

दिवसको अवसरमा आचार्य चौहानले योगा अभ्यास गराउने कार्य गरेका हुन । योग आचार्यको उपस्थितीमा योग अभ्यास भएको कारण धेरै राम्रो भएकोको उनले बताईन । उनले विगत ३५ वर्षदेखि योग अभ्यास गर्दै आएका हुन । डेढ घण्टासम्म योगाभ्यास गरिएको थियो । योगाभ्यस गरााउने आचार्य चौहानलाई खादा लगाएर स्वागत गरिएको थियो ।

३० जना भारतीय धार्मिक पर्यटक र अन्य एक सय जनाले सो योगाभ्यास गरेका थिए । यो कार्यक्रमको धनमन्त्ररी भगवानको तस्बिरमा फुलमाला र अविर अगाउने कार्य र दिप प्रज्वलन गरेर सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले उद्घाट गरेका थिए ।