सि.टा.समाचारदाता
हुम्ला । विद्यालयमा अध्ययनरत बालबालिकाद्धारा गाउँपालिका अध्यक्षलाई प्रश्नै प्रश्ना गर्नु भएको छ । बालबालिकाका समस्याहरु गाउँपालिकाले गरोस भन्नका लागि अध्यक्षलाई उहाँँँहरुले प्रश्ना राख्ने काम गर्नु भएको हो ।
खाार्पुनाथ गाउँँपालिकाका अध्यक्ष कर्णाबहादुर रावल समक्ष्य विद्यालयमा अध्ययनरत बिधाथीहरुले प्रश्नै प्रश्ना राखेका हुन । बिधार्थीका गुनासो र समस्याका बारेमा जनप्रतिनिधिहरुबिच छलफल गराउने कार्यक्रममा उक्त गाउँपालिका– ४ को सीता माविको कक्षा दशमा अध्ययनरत छात्रा सरिता शाहीले अध्यक्ष रालवलाई महिनावारी हुदा छाउ गोठमा वस्ने परम्परा कायम मै रहेको र बालबिबाह पनि नरोकिएकोमा त्यसलाई रोक्ने उपाय के कस्तो छ भने प्रश्ना गरे ।
त्यसैगरि अर्का बिधार्थी उपेन्द्र शाहीले खेलकुदका सामाग्री विद्यालयमा नपाएको, विद्यालयमा छुवाछुत कायमै रहेकोमा अध्यक्ष रावलको ध्यानाकर्षण गर्नुभयो । अर्का बिधार्थी अन्जली जेठाराले आगामी वर्षका लागि आउन लागेको नीति तथा कार्यक्रममा बालबालिकाका लगि के कस्ता कार्यक्रम समेटिन्छ भनेर जिज्ञासा राखे ।
त्यसैगरि कार्यक्रममा मान्धारा माविका बिधार्थी आकाश सुनारले विद्यालयमा दलितले छोएको नखाने, पाठ्य पुस्तक नआएको गुनासो गर्नुभयो । त्यसैगरि सोही विद्यालयका अर्का बिधार्थी विनोद शाहीले विद्यालयमा प्राथमिक उपाचारका लागि औषधीको ब्यवस्था नभएको गुनासो गरे । सीता माविका छात्रा सितास्मा शाहीले महिनावारी भएको समयमा सेनिटरी प्याडको समस्या हुने गरेको बताए ।
त्यसैगरि अर्का बिधार्थी जगन्नाथ ऐडीले विद्यालयमा सेवा र सुविधाको कमीले पढाईमा समस्या हुन गरेको गुनासो अध्यक्ष रावल समक्ष राखेका थिए । सीता माविका आकाश सिंहले अहिले पनि डेढ घण्टा हिडेर विद्यालयमा अध्ययन गर्न जानु पर्ने बाध्यता रहेको भनाई थियो । बिधार्थी सोनिया शाहीले गाउँपालिकाले बालबालिका लक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो सुनाए ।
नियममा कुल बजेटको दश प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने भएपनि त्यो हुन नसकेकोमा अध्यक्ष रावललाई बताए । कार्यक्रममा सीता र मान्धारा माविका तीस जना बिधार्थीहरुल्े आफ्ना गुनासो र समस्याहरु अध्यक्षलाई राख्ने बताए । सबै बिधार्थीहरुको गुनासो र समस्या सुनेपछि अध्यक्ष रावलले आगामी बजेट तथा कार्यक्रममा बालबालिकासंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यसैगरि बालक्लवका लागि पनि नयाँ कार्यक्रम लागु गरिने बताउदै अध्यक्ष रावलले साउन १ गतेबट गाउँपालिकाका पाँच वटै माविमा एक जना स्वास्थ्यकर्मी काजमा खटाएर विद्यालयको बिधार्थीहरुको उपचारको ब्यवस्था गरिने बताए ।
सिमित साधन र श्रोतको कारण बालबालिकाका क्षेत्रका जति गर्नु पर्ने भएपनि त्यो हुन नसकेको स्वीकार गर्दै उहाँले अब संम्भव हुने जति काम गर्ने प्रतिबद्धता पनि जनाए । बिधाथीहरुले पनि आफ्ना साझा र नभई नहुने कामहरु गाउँ सभा अगाडी नै गाउँपालिकामा पेश गर्न प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बिधार्थीहरुलाई आग्रह गरे ।
खार्पुनाथ गाउँपालिकाको गाउँ सभा असार १० गते बस्दैछ । यो कार्यक्रम गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग सञ्चालन गरिएको हो थियो भने रेडियो कर्णाली आवाजस आयोजना गरेको हो ।























