पर्यटकीय क्षेत्र तुम्लिङ र लाप्चामा छैन सञ्चार सुविधा

फोटो क्याप्सन सञ्चार सम्पर्क बिहीन लिमीको टाक्ची क्षेत्र । तस्बिर ः सि.टा.

सि.टा. समााचारदाता
सि.टा.। पर्यटकीय क्षेत्रका रुपमा परिचीत नाम्खा गााउपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तुम्लिङ र लाप्चा क्षेत्रमा सञ्चार बिहीन अबस्थामा रहेको छ । लिमीवासी र पर्यटकहरुको माग भए पनि हालसम्म सञ्चार सम्पर्क गर्ने ब्यवस्थाा नहुँदा सो क्षेत्र सञ्चार बिहीन हुनु परेको हो ।

लाप्चाबाट मानसरोवर कैशालको दुरदर्सन गर्न जानु भएका आन्तरिक पर्यटक टेकबहादुर रावतले सल्ली खोलाबाट भित्र जाने बित्तिक्कै सञ्चार सम्पर्क बिहीनको अवस्था रहेको बताउदै यो क्रम नवालथाङ, छुसा, न्यानु, तुम्लिङ, ताक्ची र लाप्चा उपत्यका भरि कतै पनि सञ्चार सम्पर्क गर्ने माध्यम नभएको बताए ।

पर्यटकहरुले बोकेको मोवाईल एकल गीत सुन्न र फोटो खिच्नका लागि मात्र प्रयोगमा आउने अवस्था रहेको छ । सल्लीदेखि लाप्चासम्मको सत्तरी किलोमिटर क्षेत्रमा कतै पनि सञ्चार सम्पर्क सक्ने अवस्था रहेको छैन । सल्लीमा सिमकोट गाउँपालिकाको धारापोरीको टावरले काम गरे पनि त्यताबाट लाप्चासम्म सञ्चार सम्पर्क गर्ने माध्याम नभएको उहाँको भनाई रहेको छ ।

लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने भक्तजन र पर्यटकहरुले दुई दिनसम्म सञ्चार सम्पर्कबाट बिमुख हुनु परि रहेको छ । तुम्लिङबाट एक घण्टा पैदल हिडेर लिमीको जाङ गाउँ पुगेपछि मात्रै लिमीको टावरले काम गर्ने भएको कारण फोन सम्पर्क गर्न सकिने अवस्था रहेको छ ।

यो क्षेत्रमा बसोवास गर्ने मानिसहरु अत्यवश्यक काम परेपछि एक घण्टा हिडेर सञ्चार सम्पर्क गर्ने गर्नु हुन्छ भने अन्यथा सञ्चार सम्पर्क गर्ने कुनै पनि माध्यम नभएको कारण सञ्चार बिहीन अवस्थामा वस्नुको बिकल्प नभएको उनले बताए । पर्यटकीय क्षेत्रमा सञ्चार सम्पर्क गर्ने ब्यवस्था नभएको कारण अहिलेको जमाना पनि सो क्षेत्रमा प्रवेश गर्ने जो कोही सम्पर्क बिहीन अवस्थामा बस्नु परि रहेको छ ।

तुम्लिङका होटेल ब्यवसायी फुन्जोक लामाले धेरै प्रयास गर्दा पनि मोवाईल टावरको ब्यवस्था हुन नसकेपछि सम्पर्क बिहीन अवस्थामा बस्दै आएको बताए । वर्षमा एक हजार पाँच सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु लाप्चाका लागि आउने गरेको भएपनि सवैले यो समस्या भोग्दै आएका छन ।

सो स्थान चरन क्षेत्र पनि भएको कारण चौरी, जुमा, झोपा पालनका लागि खर्कालाहरु खर्कमा वस्ने भएपनि सञ्चार सम्पर्क गर्ने माध्यम नभएको कारण मानिससंग रैवार पठाएर आफ्नो काम गर्ने गरेको छ । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएपनि लाप्चा क्षेत्रमा सञ्चार सुविधा पुग्न नसकेको बताउनुभयो । पटक पटक धेरै निकायसंग सञ्चार ब्यवस्थाका लागि अनुरोध गरेपनि कतै सुनुवाई हुन नपाएको गुनासो उनको छ ।