सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका सात वटै गाउँपालिकाले बजेट तथा कार्यक्रम मंगलबार ल्याउने भएका छन । असार १० गते भित्र गाउँ सभामा बजेट तथा कार्यक्रम पेश गर्नु पर्ने कानूनी ब्यवस्था अनुसारगाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम सभामा पेश गर्ने भएका हुन ।
मुख्यगरि बजेटले गाउँपालिकाको प्रशासकीय भवनलाई प्राथमितका दिदै शिक्षा, स्वास्थ्य, कृषि र आयआर्जनलाई बजेटले प्राथमिकतामा राखे आउन लागेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । यता खार्पुनाथ गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पशु सडक निर्माण, पहिरो नियन्त्रणलाई बजेट तथा कार्यक्रमले प्राथमिकतामा राखेर गाउँ सभामा म)गलबार पेश गर्न लागेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण केशर आचार्यले शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण सडकलाई प्राथमिकतामा राखेर बजेट असार १० गते ल्याउन लागिएको बताए । त्यसैगरि अदानचुली गाउँपालिकाले पनि बजेटलाई प्राथसमकता तोक्ने कार्य भई रहेको र जहाँसम्म शिक्षा, स्वास्थ्य, पुर्वाधार, आयआर्जन, पर्यटन बिकासका केन्द्रीत भएर मंगलबार दिउसोसम्म गाउँसभामा पेश गर्ने गरि ल्याउने तयारी भई रहेको गाउपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताए ।
बजेट तथा कार्यक्रमलाई प्राथमिकता निर्धारण गर्ने बिषयमा कार्यपालिकाको बैठक बसी रहेको र मंगलबार बजेट तथा कार्यक्रम सभामा पेश हुने ताँजाकोट गाउँपालिकाकी प्रशासकीय अधिकृत समिक्षा अधिकारीले बताईन । यता चंखेली गाउँपालिकाले पनि असार १० गते बस्ने गाउँ सभामा बजेट तथा कार्यक्रम ल्याउन अध्यक्ष प्यारीलाल शाहीले बताए । त्यसैगरि सिमकोट गाउँपालिकाले पनि असार १० गते गाउ सभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पेश गर्ने भएको छ । जिल्लामा पहिलो पटक सबै गाउपालिकाले तोकिएको मितिमा गाउँ सभा आयोजना गरेर वजेट तथा कार्यक्रम ल्याउन लागेका हुन ।




















