पर्यटन विकास र रोजगारी पर्बद्धनमा केन्द्रीत अदाानचुलीको बजेट

हिक्मत जंग सिहं
सिमकोट । अदानचुली गाउँपालिकाको १६ औं गाउँसभाले पर्यटन, रोजगारी र सीप बिकासलाई प्रथमिकता दिएर वजेृट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट विनियोजन गरेसँगै १६ औँ गाउँसभा सम्पन्न भएको हो ।

स्थानीय जनताको सहभागिता, पारदर्शिता र जवाफदेहितालाई आधार मानेर योजना निर्माण र कार्यान्वयनमा लागि रहेकाले यो वर्ष संघीय, प्रदेश सरकारसँग सहकार्य गरी दीर्घकालीन योजनाहरु ल्याएको गाउँ सभाका अध्यक्ष मोहन विक्रम सिंहले वताए । सभामा आगामी आर्थिक वर्ष २०८२।८३ को नीति, कार्यक्रम गाउँपालकाका अध्यक्षले प्रस्तुब गर्नु भएको थियो आगिामि आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ सभाका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले समृद्ध कर्णाली सुखारी कर्णालीबासी भन्ने अभियानलाई सार्थक बनाउनको लागि विभिन्न नीति लिएको उल्लेख गरे ।

यस्तै नीति तथा कार्यक्रममा आर्थिक विकास, कृषि तथा पशुपक्षी विकास, पर्यटन विकास, रोजगारी पर्बद्धन र सिप विकास, सामाजीक विकास, वातावरण तथा विपद व्यबस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफारी, विपद ब्यबस्थापनमा विभिन्न लिईएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले आर्थिक वर्ष २०८२।०८३ का लागि अनुमानीत बजेट प्रस्ताव गरेका थिए । आगामी वर्षका लागि रु. ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ बराबरको बजेट विनियोजित गरिएको छ । जसमा चालु तर्फ २२ करोड १५ लाख ९५ हजार ७२३ रुपैया र १२ करोड २२ लाख चार हजार चार रुपियाँ विनियोजन गरिएको छ ।

यस्तै उक्त बजेट विभिन्न विषयगत समितिमा विभाजन गरीएको छ । आर्थिक विकास तर्फ तीन करोड आठ लाख ७२३ रुपियाँ, सामाजीक विकासतर्फ तीन करोड ५० लाख ९९ हजार, पुर्वाधार विकास तर्फ छ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यबस्थापन तर्फ पाँच करोड २० लाख, सुशासन तथा संस्थागत विकास तर्फ १५ करोड ६९ लाख रुपियाँँ विनियोजन गरिएको छ ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट माथि गाउँ सभासदस्यहरुको छलफल पश्चात सर्बसम्मतीले पारित गरिएको हो । गाउँसभाका सदस्यहरुले विभिन्न विषयमा कुराा उठाए पनि केही पुरा भैसकेको र केही छलफलको क्रममा रहेकाले कार्यपालिकाको बैठकले निर्णय गरी पारित गर्ने कार्य भएको थियो ।

गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारीहरु, सञ्चारकर्मी लगायत सुरक्षाकर्मिको आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित प्रस्तु बजेट सर्बसम्मतीले पारीत भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताए ।