सि.टा समचारदाता
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुका एसइईको नतिजा प्रकाशित गरेको हो । २०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ ।
गत वर्षको एसइईमा करिब ४८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए । यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए । बोर्डका अनुसार ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ ।
यस्तै, ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८१ हजार ३८५ जना, २.८० देखि ३.२० जीपीएसम्म ८९ हजार १२४ जना, २.४० देखि २.८० जीपीएसम्म ४८ हजार ४७९ जना, २.०० देखि २.४० सम्म ल्याउने ४ हजार १२६ जना र १.६० देखि २.०० जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
























