सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड वजेट ल्याएको छ । असार दश गते सुरु भएको गाउँसभाले शनिवार सो वजेट पारित गरेको हो
चौधौं गाउँ सभाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ५२ करोड ४८ लाख ९६ हजार सत्तरी रुपियाँको बजेट पारित गरेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।
गाउँपालिकाका अध्यक्ष शाहीको अध्यक्षतामा वसेको बैठकले साो वजेट पारित समेत गरेको हो ।
सभामा अध्यक्ष शाहीले २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेक थिए । साथै सोही नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नको लागी गाउँसभाबाट कुल अनुमानित बजेट गाँउसभामा पेश भएर पारित गरिएको हो ।
जसमा चालुगत २१ करोड २२ लाख, ५५ हजार र पुजिगत तर्फ ३१ करोड, २६ लाख ४१ हजार ९४ मात्र अनुमानित बजेट गाउँपालिकाका उपाध्यक्ष श्री प्रेमकला शाही गाउँ सभामा पेश गरेकी थिईन । बजेटले शिक्षा स्वास्थ्य, प्रशासकीइ भवन र सिंचाईलई प्राथमिकतामा राखेको छ ।
यो बजेटलाई गाउँपालिकाले आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, सुशासन संगठन तथा बाताबरण र कार्यलय सञ्चालन तथा प्रशासनीक शिर्षकमा बिनियोजित गरिएको छ। गाउपालिका अध्यक्ष रावलले सभामा नीति पेश गरेका थिए भने उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
साथै सभाले बाह्र वटा ऐन कार्यबिधि, प्रमाणीकरण र सम्शोधन समेत पारित गरेको छ । सभामा कार्यपालिकक सदस्य तथाा सदस्यहरुको उपस्थिती रहेको थियो । गत असार १० गते सभा सुरु भएपनि शनिवार बजेट तथा कार्यक्रा पारिद गर्दै सम्पन्न भएको हो ।




















