हिल्सा सिमकोट सडकलाई कालेपत्रे हुने

सि.टा. समााचारदाता
सिमकोट । हिल्सा सिमकोट सडक आगामी तीन वर्षमा कालोपत्र हुने भएको छ । चिनीयाँ बिज्ञ टोलीद्धारा संभाव्यता अध्ययन गर्ने कार्य पुरा भएको र अब चाँडै अर्को आएर अध्ययन गरेपछि सडकको स्तरोन्नती कार्य सुरु गर्ने र त्यस लगत्तै कालोपत्रेको काम सुरु हुने भएको हो ।

हिल्सादेखि सिमकोटसम्मको सडकको चार दिन लगाएर टोलीले संभव्यता अध्ययन गर्ने कार्य पुरा गरेको हो । हिल्सा सिमकोट सडकको स्तरोन्नती गर्ने कार्यलाई दुई देशबिच भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि चिनीयाँ बिज्ञ टोलीद्धारा हिल्साबाट सिमकोटसम्मको सडकको संभाव्यता अध्ययन गर्ने कार्य पुरा भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए ।

अवको तीन वर्षभित्र उक्त सडकको स्तरोन्न्ती र कालेपत्र गर्ने कार्य पुरा हुने उनले बाए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा चीन भ्रमणका क्रममा हिल्सा सिमकोट सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कायको चिनीयाँँ पक्षसंग सम्झौता भएको थियो । यो हिल्सा सिमकोट सडकको स्तरोन्नती तथा कालो पत्रे गर्नका लागि यो पहिलो चरणको टोली हो ।

बिज्ञ टोलीले हिल्साबाट नारा लेक हुदै सिमकोटसम्म ९५ किलो मिटर सडकको अवस्थाको बारेमा स्थलगत अवलोकल र संभाव्यता अध्ययन गर्ने कार्य गरेको छ । अब तुम्कोटबाट इलिङ लेक नभएर कर्णाली नदीको किनारबाट याल्वाङसम्म सडक निर्माण गरिनेछ ।

स्थलगत रुपमा हिल्साबाट सिमकोटसम्म पुगेको टोलीले सडक चौढाई, मोड घटाउने, दुरी छोटो पार्ने, ग्रेड मिलाउने, नाला निर्माण स्थलको पहिचान, प्लम्प वाल निर्माण गर्नुपर्ने क्षेत्रको पहिचान, निर्माण सामाग्री राख्ने स्थानको छनौट, बिबादित स्थानका बारेमा अध्ययन गर्ने कार्य गरेको उहाँले बताउनुभयो । त्यसैगरि सडक क्षेत्रका स्थानको धार्मिक, सास्कृतिक, ऐतिहासिक पक्षलाई पनि अध्ययन टोलीले गरेको छ ।

सडक भएको क्षेत्रको माटोको परिक्षण समेत गरिनेछ । त्यसैगरि सडक निर्माणमाबाट प्रभावितको पनि पहिचान टोलीले गर्नेछ भने टोली हिल्साबाट सिमकोटसम्म पैदल मार्गबाट अध्ययन गर्दै आई पुगेको हो । सदरमुकाम सिमकोटसम्म आठ जनाा बिज्ञको टोली आई पुगेको थियो ।

सो टोलीसंग योजना प्रमुख नेपाली पनि संगै रहेका थिए । यो पहिलो चरणमा आएको टोलीले केही महत्वपुर्ण बिबरण लिने कार्य गरेको भने दोस्रो टोली पनि चाँडै आउने र सो टोलीले बिस्तृत बिबरण संङ्कलन गर्नेछ । उक्त सडकको चिनीयाँँ पक्षले स्तरोन्नतीको कार्य सम्पन्न गरेपछि कालोपत्र पनि गर्नेछ । उक्त सडक हाल कच्ची रुपमा रहेको छ ।

टोलीले नाँम्खा र सिमकोट गाउपालिकाका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीसंग पनि छलफल गरेको छ । हिल्सा सिमकोट सडक योजनाले अफुसंग भएका उक्त खण्डको सडकको बिबरण पनि टोलीलाई हस्तान्तरण गरेको छ ।