लिमीमा चाउचाउको मुल्य एक सय रुपियाँ

सि.टा.समाचारदाता
सिमकोट । चाउचाउको मुल्य एक सय रुपियाँ पर्ने गरेको छ । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तुम्लिङ र ताक्ची बजारमा चाउचाउ प्रति पोकाको एक सय रुपिया पर्ने गरेको हो । लिमीको तुम्लिङमा एक पोका वाईवाई चाउचाउको मुल्य एक सय रुपियाँ पर्ने उपभोक्ता लोकबहादुर बुढाले बताए ।

उनले दिउसोको खाजा खानेक्रममा चाउचाउ अर्डर गर्दा एक पोकाको एक सय रुपियाँ तिरेको जानकारी दिएका हुन । त्यसैगरि अण्डा प्रति वटाका असी रुपियाँ पर्ने गरेको छ । अन्य खाजा खान नपाउने सो स्थानमा चाउचाउ र अण्डाको मुल्य निक्कै महङ्गो पर्ने गरेको उनले बताएका हुन ।

यो चाउचाउ र अण्डाको मुल्य लिमीको टाक्चीमा पनि उस्तै रहेको छ । तुम्लीङका होटेल ब्यवसायी फुन्जोक लामाले ढुवानी समस्याको कारण चाउचाउ र अण्डाको मुल्य महङ्गो पर्ने गरेको बताएका छन । वर्ष सडक चाँडै खुलेको कारण यो मुल्यामा सामान आउने गरेको भएपनि सडक जोडिनु अगाडी यो भन्दा अझै महङ्गो पर्ने गरेको हो । कच्ची सडक भएको कारण सिमकोटबाट लिमीको गाडी भाडा पनि महङ्गो पर्ने गरेको छ । तुम्लीङ र ताक्चीमा अन्य सामानहरु पनि महङ्गो पर्ने गर्छ ।