
सि.टा. समाचारदाता
सिमकोट । हेल्थ अस मेडिकल सेन्टरले औषधी सहुलियत मुल्य मै बिक्री गर्ने भएको छ । सम्बेदशनशिल भएको कारण हवाई मार्गबाट ढुवानी गरेर ल्याएको भएपनि सो औषधी सहुलियत मै बिक्री गर्ने सेन्टरले जनाएको हो ।
आईतबार सेन्टरले नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आएको औषधीलाई पनि पैदल मार्ग कै ढुवानी जोडेर बिक्री गरिने सेन्टरका कार्यालय प्रमुख नारायण फडेराले बताए । हवाई मार्गबाट ढुवानी गर्नु पर्ने बाध्यता रहेको भएपनि औषधीको हवाई भाडालाई पैदल कै भाडा जोडेर बिक्री गरिने उनले बताए । सामाजिक उत्तर दायित्व अन्र्तगत सेन्टरले यसरी औषधी बिक्री गर्न लागेको हो ।
अईतबार मात्र तीन क्वीटल औषधी हवाई मार्गबाट ढुवानी भएर आएको हो । सो औषधी प्रतिकेजी १९० रुपियाँ सेटरले ढुवानी भाडा तिरेको छ । उनले बाहिर हवाई मार्गको ढुवानी जोडेर सेन्टरले आौषधी बिक्री गर्छ कि भन्ने द्धिबीधामा नपर्ने सेवाग्राहीलाई आग्रह गरे ।
यसअघि पनि सेन्टरले निर्धारण गरेका सुचकका आधारमा बिराीलाई निशुल्क देखि सहुलियतसम्म औषधी उपलब्ध गराउदै आएको छ भने जिल्ला बाहिर रिफर भएका बिरामीलाई पनि औषधी उपचार खर्च दिदै आएको छ ।
त्यसैगरि सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका केही स्वास्थ्य संस्थाहरु र जिल्ला अस्पता, प्रहरीलाई स्टेचर र औषधी सहयोग गर्दै आएको छ । केही दिन अगाडी मात्र सिमकोट खार्पुनाथ गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरि स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । जहाँ ४५८ जना बिरामीले सेवा लिन पाएका थिए । यस्तो सेवा आगामी दिनमा पनि निरन्तरता दिने सेन्टरले जनाएको छ ।




















