अस्पतालमा आउने बिरामी बढे

सि.टा. समाचारदाता
सिमकोट । अस्पतालमा आउने बिरामीको सङ्ख्य बढेको भएपनि औषधीको भने अभाव भई रहेको छ । लामो समय खडेरी परेको कारण धुँवा धुलोले रुघाखोकी ज्वरो लगाएतका रोगका बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालमा भर्ना हुने र चेकजाँचका लागि आउने बिरामीको सङ्ख्या दैनिक बृद्धि भई रहेको जिल्ला अस्पतालकी नर्सिङ ईन्चार्ज बरिष्ठ अनमी सरिता बोहराले बताईन । एक त यो समय बिरामीको सङ्ख्या बढ्ने भएको त्यस माथि लामो समय खडेरी परेको कारण झनै बिरामी बढ्दै गएको छ ।

पखाला, निमोनिया, बान्ता आउने, ज्वरो, टाउको दुख्ने, रुघाखोकी लगाएतका रोगका बिरामीहरु बढी रहेको उनको भनाई छ । हाल दैनिक नब्बै देखि एक जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने र चेकजाँच गर्ने बिरामी मध्य केही जटिल खालका बिरामीलाई भर्ना गर्ने र अन्यलाई उपचारपछि औषधीको ब्यवस्था गर्न लगाएर घर फर्काउने गरिएको छ ।

यो समय नै दुषित पानीको कारण बिरामी बढी हुने भएको र त्यस माथि खडेरीले गर्दा धुवाँधुलोले रुघाखोकी र ज्वरोको बिरामी पनि बढी रहेकोले यसबाट बच्ने उपायहरु अवलम्बन गर्न उनले सर्वसधारणलाई आग्रह गरिन । पन्द्र शैयाको अस्पताल भएके करण् भर्ना हुने बिरामी बढी भए थप भुईमा ब्यवस्था गरेर पनि उपचारको ब्यवस्था गर्नु परि रहेको छ ।