लोग भण्डारी
सिमकोट । हुम्लाका तीन वटा विद्यालयमा अध्ययापन गराउदै आएका तीन जना उत्कृष्ट शिक्षकमा पुरस्कृत भएका छन । शिक्षा क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै तीन जना शिक्षकलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत गरेको हो ।
विगत लामो समयदेखि दुर्गम हिमाली जिल्ला हुम्लाको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तीन जना शिक्षकलाई पुरस्कृत भएको सामाजिक बिकास कार्यालयक प्रमुख हर्क बस्तेनले बताए । यसरी पुरस्कृत हुने शिक्षकहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर माविका शिक्षक
धनबहादुर ऐडी माविबाट, सीता माविका शिक्षक गीता हमाल निमाविबाट र अदानचुली गाउँपालिकाको सल्लाघारी माविका शिक्षक घनस्याम शर्मा प्रावि शिक्ष्कबाट जिल्लाबाट उत्कृष्ट भएर पुरस्कृत भएका हुन ।
सो को कदर गर्दै कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले तीनै जनालाई नगद पैतीस हजार सहित कदरपत्र प्रदान गरेर पुरुस्कृत गरेको होे । तीन वटै विद्यालयमा तीनै जना शिक्षकले विगत लामो समयदेखि शिक्षण गर्दै आएका थिए । उत्कृष्ट शिक्षक छनौट भएर पुरस्कृत भएपछि शिक्षक ऐडीले मिहेनेतलाई सम्मान गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए ।
यसबाट आफुलाई अझै जिल्ला शिक्षा क्षेत्रमा योगदान दिन हौसला प्राप्त भएको र त्यसै अनुसार ईमान्दारिताका साथ लाग्ने प्रतिबतद्धता उनले ब्यक्त गरे । उनले पुरस्कृत भएपछि झनै बोझिलो शैक्षिक यात्रा आत्मसाथ गर्दै झन कटिबद्ध, ईमान्दार र लगनशिल भएर आफुले शैक्ष्कि गतिबिधि अगाडी बढाउने प्रण गरे ।




















