सि.टा. समाचारदाता
सिमकोट । फुटबल प्रतियाोगितामा छात्र र छात्रामा ब्राउन हाउस प्रथम भएको छ । गाउँँपालिकाका मावि स्तरीय उक्त फुटबल प्रतियोगितामा फाईनलमा आफ्नो प्रतिद्धन्दी रेड हाउसलाई पराजित गर्दै दुवै समुहमा ब्राउन हाउस प्रथम भएको हो ।
छात्रतर्फ फाईनल खेलमा ब्राउन हाउसले रेड हाउसलाई सुन्नेका बिरुद्ध एक गोल गर्दै बिजेता भएको हो ।
रेड हाउस उपविजेता भएको छ । यसअघि तेस्रो स्थानका लागि भएको छात्रतर्फ कै खेलमा ब्लु हाउसले ग्रीन हाउसलाई एकका बिरुद्ध तीन गोल गरेर तृतीया स्थान भएको छ । त्यसैगरि छात्रातर्फ पनि ब्राउन हाउस कै टिम प्रथम भएको छ । फाईनलमा सो टिमले व्लु हाउसलाई एकका बिरुद्ध तीन गोल गरेर बिजेता भएको हो ।
त्यसैगरि छात्रातर्फ ग्रीन हाउसले रेड हाउसलाई पाँचका बिरुद्ध छ गोल गरेर तृतीया स्थान हुन सफल भएको थियो । बिजेता दुवै टिमका खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नु भएको थियो ।
जुन गाउपालिका अध्यक्ष प्रेमबहादुर लामा, उपाध्यक्ष तकदिर लामा, प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्याय, योजना अधिकृत मोहन बहादुर शाही, पशु शाखाका प्रमुख पठान बुढाले प्रदान गरेका थिए । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलामीमा मनिस बुढा र छात्रातर्फ पेमा खाण्डो लामा चयन हुनु भएको थियो । किपरमा छात्रतर्फ उत्कृष्ट निरज कार्की र छात्रातर्फ रमिता बुढा भएका छन ।
यो प्रतियोगितामा विद्यालयलाई जर्सी, मोजा, जुत्ता, फुटबल, जाली, पम्प र सिटी वास इकाई प्रमुख दन्बहादुर शाहीले प्रदान गरेका थिए । प्रतियोगितामा ८८ जना खेलाडी छात्र छात्रा सहभाागिता जनाएका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका शाखा प्रमुखको पनि उपस्थिती रहेको थियो । उक्त प्रतियोगिता वास युनियटले आयोजना गरेको हो ।












