
सि.टा. समाचरादाता
सिमकोट । जन्म दिनको अवसरमा विद्यालयमा अध्ययन गर्दै आएका बिधार्थीहरुलाई कपडा सहयोग गरिएको छ । जन्म दिन मनाउने क्रममाा फजुल खर्च गन गर्ने चलन बढी रहेका बेला त्यसलाई रचनात्मक कार्य गर्ने उद्धेश्यले यस्तो कार्य गरिएको हो । हिमाली शिक्षा र बिकासको ( हेड नेपाल ) आवासीय सुबिधामा जिल्लाभरबाट आएर अध्ययन गर्दै आउनु भएको अपाङ्गता भएका बिधार्थीहरुलाई जन्म दिनको अवसरमा कपडा सहयोग गरिएको पुर्वाधार बिकास कार्यालयका लेखा अधिकृत नविन शाहीले बताए ।
खाली केक काट्ने र अन्य मनोरञ्जन गनर्ने भन्दा पनि यसको ठाउँमा अपाङ्गताा भएका बिधार्थीहरुलाई सहयोग गरौ भन्ने लागेर नै हेड नेपालमा वस्दै आएका बिधार्थीहरुलाई एक एक जोर ट्रयाकसुट सहयोग गरिएको उनले बताए । सहयोग थोरै भएपनि यो बिधार्थीहरुका लागि उपयोगी हुने निष्कर्ष निकालेर प्रदान गरिएको उनको भनाई छ । हेड नेपालमा ५८ जना छात्रछात्रा बस्दै आएका छन ।
हेड नेपालमा छात्र छात्रा बस्दै आएका र उनीहरु सिमकोट गाउँपालिका कालशिल्ता आवि, मानसरोवर मावि बालमन्दिर माविमा अध्ययन गर्दै आएका छन । जन्म दिनको अवसरमा अन्यत्र हुने खर्चलाई रचनात्मक कार्यमा अपाङ्गता भएका बिधार्थीहरुका लगानी गरेकोमा धन्यवाद दिदै हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले बताए ।






















