
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लालार्ई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषित गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले लगाउनु पर्ने सवै प्रकारका खोप लगाई सकेको सुनिश्चितता सहित जिल्लालाई घोषणा गरिएको हो ।
जिल्लाका सात वटा गाउँपालिकाल पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि एक औपचारिक कार्यक्रमको आयोजना जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय खोप सम्पर्क ब्यक्ति प्रेम पाण्डेले बताए ।
जिल्लामा छुटेका छ जना बालबालिकाहरूको खोजी गरी खोप लगाईएको प्रमुख पाण्डेले बताए । जन्मिएदेखि १५ महिना सम्मका महिना सम्मका दुई हजार २१७ बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको होे ।
खोप पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने चौध प्रकारका खोप लगाईएको छ । स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको बिबरणमा गाउँपालिका अनुसार नाम्खा गाउँपालिकामा ५३, सिमकोट गाउँपालिकामा २०४, खार्पुनाथ गाउँपालिकामा ३६५, सर्केगाड गाउँपालिकामा २३०, चंखेली गाउँपालिकामा १२६, अदानचुली गाउँपालिकामा ७२५ र ताँजाकोट गाउँपालिकामा ५०४ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।
त्यसैगरि जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको संख्या दुई हजार ८६७ रहेको छ । यो संङ्ख्या गाउँपालिका अनुसार नाम्खा गाउँपालिकामा ३८,सिमकोट गाउँपालिकामा ५५५, खार्पुृनाथ गाउँपालिकामा १४०, सर्केगाड गाउँपालिकामा ८२८, चंखेली गाउँपालिकामा ७७, अदानचुली गाउँपालिकामा ७२५ र ताँजाकोट गाउँपालिकामा ५०४ बालबालिका रहेका छन ।
एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको र आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
कुनी पनि बालबालिका सबै प्रकारका खोपबाट वञ्चित हुन नहुने जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी नायारण पाण्डेयले आग्रह गरे सबै उमेर समुहका
बालबालिकाहरुलाई विषेश गरि महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको योगदानका बारेमा प्रशंसा गरिएको थियो । घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्ण खोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको थियो ।
जिल्लाको यो अभियानलाई सहयोग गरेका उत्कृष्ट स्वाथ्यकर्मीहरुलाई गरिएको थियो । यस वर्ष कर्णाली प्रदेशमा हुम्ला जिल्ला तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । कर्णाली प्रदेशमा २०८१ साल असार ३१ गते जुम्ला जिल्ला र २०८२ असार १६ सल्यान जिल्ला भएको थियो ।




















