आयआर्जका लागि किसानलाई फलफुलका बिरुवा बितरण

फोटो क्याप्सन फलफुल तथा टिमुरका बोट पाएपछि कृषि समुहमा आबद्ध महिलाहरु । तस्बिर ः सि.टा

सि.टा. समारचारदाता
सिमकोट । महिला समुहका सदस्यहरुलाई फलफुल तथा टिमुरका बिरुवा बितरण गरिएको छ । समुहमा आबद्ध महिलाहरुको आयआर्जनमा बृद्धि गर्न यी बिरुवा सहयोग गरिएको हो ।

कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकाका चार वटा महिला तथा कृषि समुहमा आबद्ध महिलाहरुलाई फलफुल तथा टिमुरका बिरुवा बितरण गरिएको महिला कल्याण सेवाले जनाएको छ । सो क्षेत्रमा यी फलफल तथा टिमुरका बिरुवा लाग्ने नलाग्ने परिक्षण गरेर जिल्ला बाहिरबाट खरिद गरेर ल्याईएका बिरुवाहरु किसानलाई बितरण गरिएका हुन ।

सर्केगार्ड गाउँपालिका– ४ को महिला, दुल्ली कृषि, महादेव कृषक, शारदा कृषक र बालप्रेमी कृषक समुहका महिला सदस्यहरुलाई ती बिरुवा सहयोग गरिएका हुन । त्यसमा पाँच सय बोट तिमुर, साँच सय बोट सुन्तला, पाँच सय बोट अमिलो र एक हजार बोट कागती गरेर दुई हजार पाँच सय बोट बितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँले एक जना किसानलाई पच्चीस बोट प्रदान गरिएको र किसानहरुले पनि बिरुवा लगाउने जग्गा तयारी अबस्थामा राखेकोले घर लगेर रोप्ने कार्य हुने बताउनुभयो । बर्खा लागि सकेको कारण बिरुवा पलाउन पनि समस्या नहुने देखिएको छ ।

यी बिरुवा महिलाहरुको आयआर्जजनमा बृद्धि गर्न र पोषणमा सुधार गर्नका लागि प्रदान गरिएको उहाँले बताउनुभयो । बिरुवा सहयोग पाउन कृषक समुहकी सदस्य जानदेवी थापाले पहिलो पटक ठुलो परिमाण्मा फलफुल र तिमुरका बिरुवा लगाउने कार्य भएको र यसबाट आम्दानीमा सहयोग पुग्ने बिस्वास ब्यक्त गरिन । यो साईलेन्ट सफ्टी स्पीकको आर्थिक सहयोगमा महिला तथा बालबालिका परियोजनाबाट सहयोग प्रदान गरिएको हो ।