लोग भण्डारी
सिमकोट । सरकारी कार्यालय मध्य हेल्दुम बिधुत बितरण केन्द्र आफ्नो गाडी हुनेमा सातौ कार्यालय भएको छ । कार्यालय प्रयोजनका लागि गाडी सदरमुकाम सिमकोटमा रहेको कार्याल्यमा ल्याई पुर्याएको हो ।
केन्द्रले पाएको गाडी सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिएपछि कार्यालयले जीप ल्याई पुर्याएको हो । केन्द्रका लागि बिधुत प्राधिकरणबाट प्राप्त भएको बोलेरो जीप कार्यालयमा ल्याई पुर्याएको हो । साउन १ गते बिहीबार बिशेष पुजा गरिएको छ । यसका लागि केन्द्रका प्रमुख जितेन्द्र शाहले बिशेष पहल गरेका थिए ।
बोलेरो जीप कार्यालयमा आई पुगेपछि कर्मचारीलाई फिल्डमा गएर काम गर्न समेत सहज हुनेछ । यसअघि केन्द्रले बितरण गरेको लाईनसम्म जानका लागि नीजि सवारी साधन प्रयोग गर्नु पर्ने अवस्था थियो । चालक सहित पाँच सिटे बोलेरो जीप केन्द्रको रहेको छ भने कार्यालयका लागि एउटा मोटर साईकल पनि ल्याईएको छ ।
सरकारी कार्यालयमा केन्द्र सातौ सवारी साधन भएको कार्यालयमा पर्नेछ । यसअघि जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, हिल्सा सिमकोटसडक योजना, पुर्वाधार बिकास कार्यालय र खानेपानी तथा उर्जा बिकास कार्यालयले आफ्नै गाडी ल्याई सकेका थिए ।























