सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका ५ नम्बर वडाको बालमन्दिर माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धर्मराज बोहरा चयन भएका छन । बिहीबार भएको अभिभावक भेलाले बोहरालाई अध्यक्षमा चयन गरेको हो ।
अभिभावक भेलाले नयाँ गठन गर्नु पर्ने समितिको अध्यक्षमा यसअघि चार जना सदस्य चयनपछि बसेको बैठकले बोहरालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरि सदस्यमा प्रेम भण्डारी, महिला सदस्यमा अजिता देबकोटा रोकाया र सारदा चौलागाईलाई चयन गरेको छ । अन्य पदन सदस्यमा अब समितिको बैठकले चयन गर्नेछ । त्यसैगरि बिहीबार वसेको अभिभावक भेलाले गोर्ख बोहराको अध्यक्षमा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।
उक्त समितिको सदस्यमा रुद्र सिंह , कालीबहादुर कामी, लोग भण्डारी, लालहिरा सुनार,विसु महत, चन्द्रा सिंह र कुम्भ रोकायलाई चयन गरेको छ ।
केही दिन अगाडी मात्र सिमकोट गाउँपालिकाले पुरानो समितिको अवधि पुगेको भन्दै नयाँ समिति गठनका लागि परिपत्र गरेको थियो । सिमकोट गाउँपालिकामा विब्यस गठन गर्ने बालमन्दिर मावि पहिलो भएको छ । दुई वटा कार्यकाल अगाडी बोहराले विब्यस अध्यक्षका लागि भएको निर्वाचनमा पराजित भएका थिए ।




















