सि.टा समाारतादा
हुम्ला । जिल्ला कै पुरानो सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मनबहादुर रावत चयन भएका छन । आईतबार बसेको समितिका जेष्ठ सदस्य भृकुटी रावतको अध्यक्षतामा वसेको बैठकले रावतलाई अध्यक्षमा चयन गरेको हो ।
उक्त बिध्यालयको दुई दिन अगाडी नबगठित विद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य रावतको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष लगायत मनोनित सदस्यहरुको चयन गरेको छ । समितिको अध्यक्षमा रोकाया चयन भएका छन भने सदस्यमा शंकर बोहोरा, राजमता भण्डारी महिला सदस्य र भृकुटी रावत चयन भएका छन् ।
त्यसैगरि मनोनि सदस्यमा शिक्षा प्रेमीबाट वली रावत र जग्गादाताबाट सरस्वती भण्डारी चयन भएकी छन । उक्त समितिले अब पुर्णता पाएको छ । यसअघि साउन २ गते भएको अभिभावक भेलाले चार जना सदस्यहरु छनौट गरेको थियो ।




















