सि.टा.समाचारदाता
सिमकोट । नेपलाी भूमि नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएका छ ।
आन्तरिक तथा बाह्र पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले गत असारमा सम्पन्न हुने गरि ती संरचना निर्माण गरेको हो ।
आवश्यक देखिएका तर हालसम्म निर्माण हुन नसकेका आधारभूत भौतिक पुर्वाधारका संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
यसमा दृश्याबलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरुलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्विन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरु निर्माण गरिएको छ । हलको भित्र फर्निचरहरु समेत निर्माण गरिएका छन ।
यसका लागि पर्यटन बोर्डले कैलाश मानसरोवर बहुक्षेत्र योजनाका नाममा संरचनाहरु निर्माण गरिएको छ । गतवर्ष यसको डिपिआर तयार पारिएको थियो । परियोजना अन्र्तगत पहिलो वर्ष एक करोड बजेट खर्च गरेर ती संरचनाहरु निर्माण गरिएका हुन ।
गत जेठ पहिलो हप्ता यी संरचनाहरु लिमीका स्थानीयहरुले निर्माण सम्पन्न गरेको बताउदै उनले छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको र हाल प्रयोगमा आई सकेको बताए । पर्यटन बोर्डबाट यी संरचना निर्माणमा चासो भएपनि नजिकको सरोकारवाला निकाय गाउँपालिका र प्रदेश सरकारबाट हालसम्म कुनै पनि सहयोग प्राप्त भएको छैज ।
भन्नलाई सवैले लिमी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न पर्ने भनाई आउने गरेको भएपनि त्यो कुरा त्यति मै सिमित भएको उनको गुनासो छ । यसअघि शौचालय नहुँदा खुल्ला रुपमा दिसापिसाव गर्नु पर्ने बाध्यता पर्यटकलाई रहेको थियो । अव भने शौचालय मै गर्ने गरिएको र फोहोर पनि यत्रतत्र छरिएर दुर्गन्धित हुने गरेकोमा त्यसको पनि ब्यवस्था हुन थालेको छ ।
मानसरोवर कैलाशको दुरदर्शन पछि आफुसंग बोकेर लिएका खानेकुरा र प्रसाद पनि हलमा बसेर खान सकिने र अर्को कुरा हावा लागेको समयमा हल भित्रैबाट दुरदर्शन सर्न सकिने ब्यवस्थाले सहज बनाएको छ ।
यसअघि यी संरचना नहुँदा मौसम बिग्रेको समयमा चिसोले गर्दा दर्शनार्थीहरु त्यति कै फिर्ता हुनु परेका घटना पनि धेरै छन । अन्य आवश्यक संरचनाहरु आगामी वर्ष पनि निर्माण गरिने छ । यसबाट अब लाप्चामा पर्यटकहरुलाई आर्कषण गर्ने माध्यमको सुरुवात भएको देख्न सकिन्छ ।
























