तत्कालका लागि अस्पतालमा औषधी अभाव टर्यो

फोटो क्यापसन अस्पतालको औषधी भण्डारण कक्षमा राखिएको औषधी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । केही दिन अगाडीसम्म जिल्ला अस्पताल हुम्लामा औषधीको अभाव हुँदै आएकोमा तत्कालका लागि त्यो हटेको छ । अस्पतालले नयाँ औषधी खरिद गरेर हवाई मार्गबाट ढुवानी गरेर ल्याएपछि हाललाई औषधीको अभाव टरेको हो ।

लामो समय अस्पतालमा अभाव देखिएको औषधी हाललाई हटेको जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताए । तर यो सधाका लागि भने अभाव नटरेको बताउदै उनले अस्पताल ब्यवस्थापनले तत्कालीन समस्या समाधान गर्ने गरि औषधीको ब्यवस्था गरेको कारण अहिलेलाई समस्या हटेको बताईन ।

नयाँ औषधी खरिद गरेर हवाई मार्ग हुँदै ढुवानी गरेर ल्याईएको छ । अझ पनि अस्पतालमा आउने सबै किसिमको बिरामीहरुका लागि आबश्यक पर्ने औषधी अस्पतालले दिन सक्ने अवस्था भने नभएको उनको भनाई छ । केही दिन अगाडी चेकजाँच गरि सकेपछि बिरामीलाई औषधी छैन, आफै ब्यवस्था गर्नु भन्ने अवस्था भने हटेको छ ।

यतिबेला अस्पताले अति आवश्यक पर्ने र महत्वपुर्ण औषधीको ब्यवस्था गरेको अस्पताल बिकास समितिका अध्यक्ष दिपक भण्डारीले बताए । सिमित बजेटका बावजुत पनि औषधीको ब्यवस्था गर्नु पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ । सरकारले अस्पतालबाट निशुल्क रुपमा उपलब्ध गराउने ९८

प्रकारका सवै औषधी भने बजेटकै कारण दिन नसकेको बताउदै उनले साठीदेखि पैसट्टी प्रकारका औषधी भने बिरामीलाई उपलब्ध गराउने गरिएको बताए । यतिबेला बिरामीको चेकपछि औषधी बाहिरबाट ब्यवस्था गर्नु भनेर भन्नु भने नपरेको चिकीत्सकहरुले बताएका छन ।

अस्पताल कै फार्मेसीमा पनि आवश्यक औषधीको ब्यवस्था भने हुन सकेको छै । अस्पतालमा बिरामीको चाप पनि धेरै भई रहने तर औषधी सिमित मात्र आउने भएको कारण पनि समस्या देखिएका हो ।