सि.टा.समाचारदाता
हुम्ला । सर्केगार्ड गाउँपालिका– २ र ६ को खडीखेतमा पून तुईन निर्माण गरेर स्थानीय कर्णाली नदी वारपार गर्न बाध्य हुँदै आएका छन । यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको काठेपुल नदीमा बढेको बहाबले बगाएपछि पूनी तुईन कै भरमा कर्णाली नदी वारपार गर्नु परि रहेको हो ।
कर्णाली नदीको बहाबले गत चैत महिनामा सर्केगार्ड गाउँपालिका– २ को रिप गाउँका स्थानीयले निर्माण गरेको काठेपुल दुई हप्ता अगाडी बगाएपछि सो स्थानमा पून तुईन निर्माण गरेर नदी वारपार गर्नु पर्ने बाध्यता रहेको रिपका स्थानीय नेत्रबहादुर महताराले बताए ।
करिव जिल्ला नै तुईनबाट बिस्थापित भई सकेको अवस्थामा खडीखेतमा पून तुईन निर्माण गरेर स्थानीयहरुले नदी वारपार गरि रहनु भएको छ । तत्कालका लागि निर्माण गरिएको सो तुईनको लठ्ठालाई नदीको दुवैतिर रुखमा बाँधेर राखिएको छ । जो कोही एक्लै तर्न सक्ने अवस्था भने सो तुईनमा रहेको छैन । यसरी तुईन तर्नु पर्ने रहर नभएर बाध्यता भएको छ ।
वडा नम्बर २ र ३ मा आउजाउ गर्नका लागि छारे र गिउसीमा गरि दुई स्थानमा झोलुङ्गे पुलहरु रहेको भएपनि दुवै स्थानमा जान डेढ डेढ घण्टा समय लाग्ने भएको कारण चाँडाको लागि तुईन निर्माण गरेर तर्नु परि रहेको उनले बताए । तर्न डर लाग्ने र जोखिम पनि बढी भएको अवस्था रहेपछि रिप गाउँवासीले काम परे उक्त तुईन तदआएका छन ।
खडीखेतमा कर्णाली नदी माथि निर्माण भएको काठेपुल पानीको बहावले वगाएपछि सो स्थानमा तुईन निर्माण गरिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । यो तुईन रिप गाउँका २५० घरधुरीका साथ लालीगुराँस मावि लिप्नेमा अध्ययन थर्ने बिधार्थी र वडा नम्बर ३ को उनपानी गाउँका स्थानीय तर्दै आएका छन् । महिला, बालबालिका र जेष्ठ नागरिकले भने सो तुईन तर्न सक्ने अवस्था रहेको छैन ।
























