सि.टा.समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका एमाले नेताहरुले पार्टीको पदाधिकारीमा कर्णालीको सुनिश्चितताका लागि विधानमै व्यवस्था गर्न माग गरेका छन् । कर्णाली प्रदेश प्रदेश राजधानी सुर्खेतमा जारी छैटौं प्रदेश कमिटिको बैठकमा पार्टी विधान माथिको छलफलमा बोल्दै अधिकांश नेताहरुले केन्द्रीय पदाधिकारीमा कर्णालीको उपस्थिति अनिवार्य रुपमा हुने व्यवस्था सहितको विधान शंशोधन गर्न माग गरेका हुन् ।
बैठकमा पार्टी केन्द्रका तर्फबाट प्रदेश ईन्चार्ज गोरख बोगटीले पेश गरेको विधान संशोधनको प्रस्तावमा आफ्ना धारणा राख्दैं प्रदेश कमिटी सदस्य पार्वती चालिसेले अहिलेसम्म पार्टीको केन्द्रीय पदाधिकारीमा कर्णाली कहिल्यै नपरेको उल्लेख गर्दै आसन्न विधान महाधिवेशनबाट पारित हुने विधानमा सबै प्रदेशबाट पदाधिकारीको सूनिश्चित गर्नुपर्नेमा जोड दिईन ।
विधान माथिको प्रस्तावमाथि आफ्नो भनाई राख्दै प्रदेश कमिटी सदस्य नवराज महताराले देशको ठूलो हिस्सा ओगटेको कर्णालीमा केन्द्रीय पदाधिकारी नहुनु दुःखत भएको उल्लेख गर्दै विधानको धारा १६ को (२) लाई शंसोधन गर्दै सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सचिव गर्ने र तिनै सचिवलाई प्रदेश ईन्चार्जको जिम्मेवारी दिन माग गरे ।
एमाले कर्णाली प्रदेश पार्टी कार्यालयमा जारी बैठकमा विधानमाथिको छलफलमा आफ्ना धारणा राख्दै युशिल थापाले हरेक कमिटीमा कम्तीमा ५० प्रतिनिधि ४० वर्ष मुनिका यूवाहरुलाई निर्वाचित हुने व्यवस्था विधानमै गर्नुपर्ने माग गरे ।
बैठकमा प्रदेश कमिटी सदस्य धुर्ब शाही, कमल शाही, कलबहादुर हमाल लगायतका नेताहरुले कर्णालीलाई पदाधिकारीमा समेट्न अनिवार्य वैधानिक व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।
बैठकमा धारणा राख्ने पवित्रा शाही, पार्वती विशुखेंले महिलाको प्रतिनिधित्वलाई पदाधिकारीमा समेत व्यवस्था गर्नुपर्ने माग गरेकी छन । बैठकमा प्रदेश कमिटी सदस्यहरुले धारणा राख्ने क्रममा दुई दर्जन बढी नेताहरु विधान संशोधनमा आफ्ना धारणा राखेकोे कर्णाली प्रदेश उपसचिव पद्मा खट्काले जानकारी दिईन ।
एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहाको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कककडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली ईन्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा पार्टी कार्यालयमा शुरु भएको छ ।
पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौं केन्द्रीय कमिटिले मातहतका कमिटिमा छलफलला लागि पठाएको विधान शंशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नविकरण, नियमित सांगठनिक गतिविधिको समिक्षा लगाएतका विषयमा बैठकमा छलफल गरिने छ ।
बैठकमा प्रदेश कमिटि सदस्य, दशवटै जिल्लाका अध्यक्ष, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाल, दक्षिणा शाही लगायतका नेताहरुतो सहभागिता रहेको छ ।
























