सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सुचना सार्वजनिक गरि जनै ( साउने ) पुर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
हुम्ला जिल्ला कै चर्चित साउने पुर्णिमाको अवसरमा शुक्रबार चर्तुदसीको दिन सार्वजनिक बिदा दिएको होे । गाउँपालिकाले निर्णय गरेर सार्वजनिक बिदा दिएको हो । साउन २४ गते पुर्णिमा भएपनि शनिबार परेको कारण सो दिन बिदा दिई रहनु नपर्ने भएको हो ।
सार्वजनिक विदाका दिन कार्यालयका सबै कामहरु बन्द हुनेछन भने गाउँपालिका अन्र्तगतका शिक्षण संस्था, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु पनि बन्द रहने छन । साउने पुर्णिमाको अवसरमा सिमकोट गाउँपालिकाले तीन वर्षदेखि सार्वजनिक विदा दिदै आएको छ ।















