साउने पुर्णिमामा देउडा गीत गाउदा फोहोर भएको स्थानको सरसफाई

फोटो क्याप्सन खेल मैदान जम्मा भएको फोहोर उठाउने कार्य गरिदै ।               तस्बिर सि.टा 

लोग भण्डारी
सिमकोट । साउने पुर्णिमामा लागातार पाँच दिन देउडा खेल खेलिदा यी दुवै स्थान फोहोर भएपनि त्यसको सरसफाई गरिएको छ । शुक्रबार बिहान खेल मैदान र सिमसार क्षेत्रको सरसफाई गरिएको हो ।

खेल मैदान र सिमसार क्षेत्रमा फोहोर जम्मा भएर निक्कै दुगन्धित भएपछि त्यसको सरसफाई गरिएका उक्त कार्यक्रमको आयोजक नेपाल प्रेश युनियन हुम्लाका उपाध्यक्ष छपाल लामाले बताईन ।

दुवै क्षेत्रमा प्लाष्टिक लगाएतका फोहोरहरु छरपुष्ट रुपमा फालिएका थिए । साउने पुर्णिमाको पछिल्लो दिनबाट पञ्चमीसम्म लगातार पाँच दिन यी दुवै स्थानमा देउडा खेलहरु खेलिदा फोहोर निक्कै भएको थियो ।

स्वयम सेवाका रुपमा सदरमुकाम कै आर्कषण स्थानहरु खेल मैदान र सिमसार क्षेत्रमा जथाभावी फोहोर पाल्नाले स्थान कुरुपका साथै दुगन्र्ध समेत बढेपछि सरसफाई कार्यक्रम गरिएको हो ।

देउडा खेल्ने तर फोहोर कसैले पनि नउठाउनले यी पर्यटकीय क्षेत्र दुर्गन्धित हुँदै आएका छन । पटक पटक सो स्थानमा जमेको फोहोर सामाजिक सङ्य संस्थाहरुले उठाउने कार्य गर्दै आएका छन । यसरी जथाभावी फोहोर फाल्नाले सार्वजनिक स्थानहरु दुगन्धित हुने गरेका छन । यी दुवै स्थानमा गरि चौध बोरा फोहोर सङ्कलन गरेर सिमकोट बजारको धुपी रुपमा जम्मा गरिएको थियो । सो फोहोर शुक्रबारै ट्याक्टरले डम्पिङ साईटमा ढुवानी गरेर ब्यवस्थापन गरिएको छ ।