सि.टा. समाचारदाता
हुम्ला । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयले आफ्नो बार्षिक उत्सव आगामी भदौ २० गते एक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । शुक्रबार वसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । कम खर्च र भट्किलो रहित तरिकाले विद्यालयके बार्षिक उसव मनाउने निर्णय विद्यालय ब्यवस्थापन समितिको वैठकले गरेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए । प्रतियोगिता विद्यालयका बिधार्थीहरुविच दश वटा इभेन्टमा छात्र र छात्राका खेलकुदका प्रतियोगिता सञ्चालन गरिने छ । त्यसैगरि सदनात्मक प्रतिश्प्रर्धा हुने गरि साँस्कृति प्रतियोगिता पनि आयोजना गरिने छ ।
त्यसैगरि बैठकले आव ०८१।०८२ को यथार्थ खर्चका बिबरण पारित गरेको छ भने आगामी आर्थिक वर्षको अनुमानित बजेट समेत प्रस्तााव गरेको छ । समितिका अध्यक्ष धर्मराज बोहराको अध्यक्षतामा वसेको बैठकमा समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख बोहरा , शिक्षक र बिधार्थीहरुको उपस्थिती रहेको थियो ।
वैठकमा सिमकोट गाउँपालिका– ५ का वड अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य चीनबहादुर रावतले बार्षिक उत्सव मनाउन चालीस हजार र अर्का सदस्य निता रोकाया बाोहराले पाँच हजार रुपियाँ सहयोग गर्ने जनाएका थिए ।















