सि.टा समचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खार्पु सिमकोटको कुरिल्ला खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हो ।
कुरिल्लामा माथिबाट पहिरो खसेर सडक पुरिएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । यसबाट दुवैतर्फ यातायात सेवा पुर्ण रुपमा बन्द भएको छ । पहिरो मंगलबार बिहान आठ वजे गएको हो । त्यसयता यातायात सेवा अबरुद्ध भएको छ ।
माथिबाट पहिरो आउदा एक सय मिटर सडक पुरिएकोले सिमकोट सुर्खेत नेपालगंज र जिल्लाका अन्य भागमा जाने बाह्र वटा यातायातका साधन रोकिएका छन भने सिमकोटतर्फ आउने चार वटा सवारी साधन पनि खार्पुमा रोकिएका छन ।
पैदल यात्रु राजबहादुर शाहीले पहिरोले सडकलाई ठुलो क्षेती पुर्याएको बताउदै त्यसको मर्मत नगर्दासम्म यातायात सेवा सुचारु हुने संभावन नरहेको बताए । यात्रुहरु भने पैदल हिडेर अाउजउ गर्न सुरु भएको छ ।






















