एसईई दिन पर्यटक बिधार्थी ल्याउने विद्यालय बिरुद्ध सिमकोट गाउँपालिका लाग्ने

फोटो क्याप्सन कार्यक्रममाा बोल्दै अध्यक्ष भण्डारी । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । माध्यामिक शिक्षा परिक्षा ( एसईई ) मा पर्यटक बिधार्थी ल्याएर परिक्षा दिन लगाउने विद्यालय बिरुद्ध सिमकोट गाउँपालिकाले संस्थागत आन्दोलन गर्ने भएको छ । सधै यस्ता बिधार्थीहरु ल्याएर परिक्षा दिलाउने र सो परिक्षामा जिल्ला कै उत्कृष्ट जिपिए ल्याएको देखाउने गरिएको कारण सिमकोट गाउँपालिकाले यस्तो कार्य बिरुद्ध आन्दोलन समेत गर्ने भएको हो ।

बालमन्दिर माविको ३८ औं बार्षिक उत्सब तथा अभिभावक दिवसको अवसरमा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले यस वर्षबाट जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालयले काठमाडौं लगाएतका शहरका नीजि विद्यालयमा अध्ययन गर्ने बिधार्थीलाई जिल्लामा ल्याएर एसईई परिक्षा दिन लगाउने गरि रहेको कारण अब त्यस बिरुद्ध बिरोध मात्र नभएर आन्दोलन समेत गर्ने बताए ।

पर्यटक बिधार्थी ल्याएर परिक्षामा सहभागिता गराएर जिल्ला कै उत्कृष्ट जिपिए ल्याएको देखाउने कार्य बिरुद्ध आवाज उठाउने मात्र नभएर त्यसलाई खारेज गर्ने गरि लाग्ने उनले बताए । पढ्ने काम सबै शहरका निजी विद्यालयमा गर्ने तर एसईई परिक्षामा सहभागिता जनाउन हुम्ला ल्याउने कार्यले जिल्ला मै अध्ययन गरेर परिक्षा दिने बिधार्थीलाई नकरात्मक प्रभाव परेको समेत उनको भनाई थियो ।

अब यस्ता परिक्षार्थी र विद्यालयको पहिचान गरेर कारवाहीको भागिदार बनाउने उनले बताए । यस्ता पर्यटक बिधार्थी ल्याउने विद्यालयहरुले कक्षा आठमा भर्ना गरेको कागज मात्र मिलाउने र ती बिधार्थी शहर कै विद्यालयमा अध्ययन गरि रहने र एसईई परिक्षाको नजिक मात्र जिल्ला ल्याएर परिक्षामा सहभागिता जनाउन दिने गरेको आरोप उनको छ । यसले गर्दा आफ्ना गाउँपालिकाका विद्यालयमा अध्ययन गर्ने बिधार्थी नतिजा कहिल्यै उकृष्ट नदेखिने उनले बताए ।

यसवर्ष अदानचुली गाउँपालिकाले यस्ता बिधार्थी परिक्षामा सहभागिता गराएर जिल्ला मै उत्कृष्ट जिपिए ल्याएको थियो भने गत वर्ष अदानचुली र सर्केगार्ड गाउँपालिकाले पनि यस्तै गरि उत्कृष्ट नतिजा ल्याएका थिए । त्यसअघि पनि जिल्लामा यस्ता कार्य हुने गरेको थियो ।

एसईईमा पर्यटक बिधार्थी ल्याउने कार्य नरोकिएपछि शिक्षा बिकास तथा समन्वय इकाईले जिल्लाका सबै माविलाई परिपत्र गरेर यस्तो कार्य नगर्न नगराउन सचेत समेत गराई सकेको छ । यदी यस्तो कार्य गरेको भेटिएमा त्यस्ता विद्यालय र बिधार्थीलाई काानून अनुसार कारवाही गर्ने समेत जनाई सकेको छ ।