
सि.टा. समारदाता
सिमकोट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका निमित्त प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बिनोद राज श्रेष्ठले हिल्सा र लाप्चा क्षेत्रका सिमा स्तम्भहरुको अनुगमन गरेका छन् । सुर्खेतबाट हुम्ला आएको मौका पारी उहाँँले स्थलगत रुपमा हिल्सा र लाप्चा पुगी छ वटा सिमा स्तम्भहरुको अनुगमन गरेका हुन ।
तीन दिन लगाएर उत्तरी नाम्खा गाउँपालिका– ५ को हिल्सा क्षेत्रका पाँँच वटा र सोही गाउँपालिका– ६ को लिमीको लाप्चा क्षेत्रको एक वटा सिमा स्तम्भको अनुगमन गर्ने कार्य सशस्त्र प्रहरी बल कर्णाली प्रदेशका निमित्त प्रमुख श्रेष्ठबाट भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरिक्षक कविन्द्र मर्हजनले बताउनुभयो ।
बिशेष हिल्सा रहेका ६,७,८,९ र १० नम्बर सिमा स्तम्भको अनुगमन गर्ने कार्य बरिष्ठ उपरिक्षक श्रेष्ठले गरेका छन् । सशस्त्र प्रहरीको माथिल्लो स्तरमा सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको अनुगमन गर्ने कार्य पहिलो पटक भएको छ । हिल्सामा अनुगमन गरिएका सिमा स्तम्भहरुको अवस्था हरेर निमित्त प्रमुख श्रेष्ठ सन्तुष्ट रहेको बताउदै दुई देशविच रहेका सिमा स्तम्भहरुको सशस्त्र प्रहरीले वर्षेनी अनुगमन गर्ने कार्य गर्दै आएको छ ।
त्यसै हिल्साबाट फिर्ता भएपछि उहाँहरुको टोली नाम्खा गाउँँपालिका– ६ को लिमीको लाप्चा क्षेत्रमा स्थापना गरिएको १२ नम्बर सिमा स्तम्भको पनि अनुगमन गर्ने कार्य भएको सशस्त्र प्रहरी नायव उपरिक्षक मर्हजनले बताए । पाँच हजार ४५ मिटर उचाईमा रहेको उक्त सिमा स्तम्भ भएको स्थानमा पुगेर अनुगमन गरिनुका साथै सो सिमा स्तम्भको अवस्था पनि सन्तोसजनक रहेको छ ।
त्यसै गरि टोलीले हिल्सामा सशस्त्र प्रहरीको सिमा सुरक्षा बलका लगि ब्यवस्था भएको जग्गा पनि हेर्ने कार्य गरेको थियो । अब चाँडै विओपीका लगि भवन निर्माण गर्ने कार्य हुने भएको छ । त्यसैगरि लिमीको ताक्चीमा पनि विओपीको लागि भवन निर्माण गर्नका लागि जग्गा हेर्ने कार्य समेत यस पटक भएको र अब वडा तथा गाउँपालिकासंग सो बारेमा छलफल अगाडी बढ्ने भएको छ । सो टोलीमा उनको पनि सहभागिता रहेको थियो । सशस्त्रको टोलीले यी सिमा स्तम्भको अनुगमन गर्न तीन दिन समय लगाएको थियो ।






















