सि.टा. समाचारदाता
सिमकोट । चङ्खेली गाउँपालिका– ४ को सलीसल्लाको कर्णाली नदीमा दुई जना युवा युवतीले शनिबार हाम फालेर बेपत्ता भएका छ । युवा बिबाहित र युवती अबिबाहित अवस्थामा दुवै जनाले संगै नदीमा हाम फालेका हुन ।
शनिबार बिहान साँढे सात वजे सलीसल्लाको कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यसरी कर्णाली नदीमा हाम फाल्नेमा चङ्खेली गाउँपालिका–४ को सलीसल्लाको कर्णाली नदीमा फाम फाल्नेमा सोही वडाको माथिल्लो पालीका बिबाहित हंस बुढाथोकी र सोही वडाकी वर्ष १९ की अबिबाहित कर्मा बोहराले संगै हाम फालेका हुन । दुवै जनाबिच प्रेम सम्वन्ध रहेको स्थानीयले आरोप लगाउदै आएका थिए ।
दुबै जनाले संगै हाम फालेको सलीसल्लामा गाई पाल्दै आएका सैलेन्द्र शाहीले प्रहरीलाई जानकारी गराएका थिए । शाहीले गाईलाई घास हाल्ने क्रममा हाम फालेको देखेको प्रहरीलाई जानकारी गराएका थिए । नदीमा हाम फालेका दुवै जना हालसम्म बेपत्ता रहेका छन् ।
हाम फालेको जानकारी प्राप्त भएपछि प्रहरी मेल्छाम ( पिप्पलाङ, अस्थायी प्रहरी चौकी बालुकुना, प्रहरी चौकी श्रीनगर र प्रहरी चौकी सर्किदेउ सर्केगार्डबाट प्रहरी खटिएर खोजी कार्य भई रहेको भएपनि शनिबार बेलुकासम्म भेटिएको छैन । शुक्रबार राती नदीमा हाम फाल्ने हंस बुढाथोकीले आफुहरुबिचको पबित्र्र सम्वन्धलाई अनेक थरी टिकापिप्पणी गरिएको भन्दै यो आफ्ना अन्तिम सन्देश भएको आफ्नो फेसबुक मार्फत जानकारी गराएका थिए ।
नदीमा हाम फालेका युवक बुढाथोकी गाउँपालिकामा करारमा जागिर थिए भने युवती बोहरा कृषि अध्ययन गरेर गाउँपालिका मै ओजिटीमा काम गर्दै आएकी थिईन । हाल स्थानीयले पनि सलीसल्ला क्षेत्रमा बेपत्ताहरुको खोजी गरि रहनु भएको छ ।












