चङ्खेली गाउँपालिकाको देसीखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सि.टा. समाचारदाता
सिमकोट। शुक्रबार बिहान एघार बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सो गाउँपालिका – ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा सो जीप दुर्घटनामा परेको हो ।

चालक सहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका– ६ की बसन्ती बुढा, सो वडाको मानबीर बुढा  र उनका छाेरा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए ।

अन्य छ जना घाईते भएको र घाईते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र  रोकाया, हंस बुढा, पार्वती बुढा र बिमला बुढा रहेकी छन् । घाईतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार भई रहेको र घाईतेको जिल्ला बाहिर उपचारका लागि उद्धार गर्ने तयारी भई रहेको छ । प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाईतेको उद्धार गर्नु भएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटनमा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जीप रहेको छ ।