सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको अध्यक्ष अतिरिक्त कृयाक्लाप सप्तााह कार्यक्रम कात्तिक १४ गतेबाट हुने भएको छ । विद्यालय स्तरीय रुपमा सञ्चालन हुने सो कार्यक्रम शैक्षिक सुधारका लागि आयोजना गर्न लागिएको हो ।
बार्षिक स्वीकृत उक्त कार्यक्रम ताँजाकोट गाउँपालिका स्तरीय शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक्लाप सप्ताह कार्यक्रम १४ गतेबाट सञ्चालन गर्न लागिएको उक्त गाउँपालिका शिक्षा युवा तथ खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले बताए । कार्यक्रम १४ गतेबाट १७ गतेसम्म चार दिन सञ्चालन गरिने छ ।
कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एक देखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन गरिनेछ । जसमा हाजिरी जवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्त लेखन, हिज्जे, श्रुती लेखन लगाएतका कृयाक्लापहरु हुनेछन । आधारभूत तह ४ र ५ मा पनि १३ वटा गतिबिधिहरु हुनेछन् ।
उक्त तहमा पनि तिनै गतिविधिहरु सञ्चालन गरिनेछ । आधारभूत तह कक्ष छ देखि आठसम्म बाह्र वट कार्यक्रमहरु सञ्चाल गरिनेछ । कक्षा नौ र दशमा पन्द्र वटा कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि गहन छलफल गर्दा यी कार्यक्रम सञ्चालक लागि बार्षिक काार्यत्रम नै तय गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । गत वर्ष पति उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।




















