सि.टा. समाचारदाता
सिमकोट । नेपाली काग्रेस हुम्लाका पुर्व पार्टी सभापति जयपति रोकाया बालमन्दिर माध्यामिक विद्यालयलाई प्रि फोम सहयोग गरेका छन । काठ र जस्तापाताको कटेरो अध्ययन गर्दा बिधार्थीहरुलाई चिसो हुने गरेको कारण त्यसबाट जोगाउन सो फोर्म सहयोग गरिएको हो ।
नयाँ भवन निर्माण हुने भएपछि पुरानो भवन भत्काईएकोले हाल बिधार्थीहरुलाई काठ र जस्तापाताको कटेरोमा अध्ययन गराउने कार्य भई रहेको छ । पानी पर्दा र बादल लागेको बेला ती कटेराका कक्षामा चिसो हुने भएको कारण ब्यक्तिगत रुपमा प्रि फोर्म सहयोग गरिएको नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य समेत रहेका रोकायाले बताए ।
आफु पनि त्यही विद्यालयमा अध्ययन गरेको र चिसोबाट बिधार्थीहरुलाई जोगाउन कै लागि उक्त सहयोग गरिएको उनले बताए । आठ वटा कटेराका कक्षा चारदेखि दशसम्मका कक्षाहरु तिनै कटेरोमा सञ्चालन गरिदै आएका छन ।
प्रि फोर्म ८१ मिटर रहेको छ । सो सामाग्री उनले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहरा र विद्यालयका प्रधानाध्यापक कैलाश रोकायालाई हस्तान्तरण गरेका थिए । प्रि फोर्म पाएपछि अध्यक्ष बोहराले कटेरोमा सञ्चालन हुँदै आएका कक्षा चिसो हुने गरेको र अब उक्त फोर्म भित्र पट्टी टाँसेर हावा आउन छेक्ने बताए ।
ब्यक्तिगत रुपमा सहयोग गरेका रोकायालाई उनले धन्यवाद समेत दिए । कार्यक्रममा नेपाली काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकाया, सिमकोट निवासी अंगलाल रोकाया, धर्मराज रोकाया लगाएतको उपस्थिती रहेको थियो ।
















