सि.टा. समाचारदाता
सिमकोट । शैक्षिक सत्र ०८१ मा गाउँपालिका स्तरीय बाषिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने चार बिधार्थीहरु पुरस्कृत भएका छन । प्रथम अध्यक्ष कप प्रतियोगिताको अवसर पारी ती बिधार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
गाउँपालिका स्तरीय बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई शनिबार एक कार्यक्रमकाबिच नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको सिमकोट गाउँपालिका गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए । उक्त गाउँपालिकामा कक्षा आठमा ३११ जना बिधार्थीको गाउँपालिका स्तरमा परिक्षा लिदा उत्कृष्ट नतिजा ल्याउने चार जना बिधार्थीहरु पुरस्कृत भएका हुन ।
जसमा बालमन्दिर माविका दिवाकर बोहराले तीन दशमलव ८५ जिपिए ल्याएर प्रथम स्थान भएका थिए भने कैलाश मावि डाँडाफयाका छात्र ज्ञानेन्द्र शाहीले तीन दशमलव ६८ जिपिए र मानसरोवर माविका छात्र संजिव ऐडीले तीन दशमलव ६८ जिपिए ल्याएर द्धितीया स्थान हुन सफल भएका थिए ।
त्यसैगरि बालमन्दिर माविकी छात्रा अरुणिमा पूनमगरले तीन दशमलव ६६ जिपिए तृतीया स्था हुन सफल भएका हुन । उत्कृष्ट बिधार्थीहरुलाई प्रथम, द्धितीया र तृतीयालाई क्रमश दश हजार, आठ हजार र छ हजार पाँच सय रुपियाँ नगद तथा प्रमाण्पत्र प्रदान गरिएको थियो । उक्त पुरस्कार गाउँपालिका उपाध्यक्ष शुशिला भाम रोकाया र जिल्ला समन्वय समितिका प्रबक्ता सरिता रावतले प्रदान गरेकी हुन ।























