सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाले प्रशासकीय अधिकृतका रुपमा यसअघि कै निमित्तका रुपमा काम गर्दै आएका वर्षबहादुर फडेरालाई नै पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र पठााउदै फडेरालाई नै सो जिम्मेवारी दिएको हो ।
अर्को ब्यवस्था नहुँदासम्मको लागि सिमकोट गाउँपालिकाले पहिले कै निमित्त प्रशासकीय अधिकृत फडेराले पएका छन् । अघिल्लो आर्थिक वर्ष पनि उनले नै निमित्तका रुपमा चलाएका थिए । साउनबाट मन्त्रालयले नयाँ अधिकृत पठाउने भने अनुसार बिशान श्रेष्ठलार्य खटाएको थियो ।
तर उनी गाउँपालिका मै नआएर अन्यत्र नै सरुव भएका थिए । त्यसपछि मन्त्रालयले अन्य बिकल्प दिन नसकेपछि मन्त्रालय बाध्य भएर फडेरालाई नै बरिष्ठका आधारमा निमित्त दिन बाध्य भएको हो । प्रशाकीय अधिकृत एक महिनादेखि नहुँदा गाउँपालिकाको आर्थिक कारोवार रोकिदै आएको थियो । अब सो बाटो पनि खुलेको छ ।















