कर्पु खोला लघु जलबिधुतले उत्पादन गरेको बिधुत खपत भएन

फोटो क्याप्सन कर्पुखोला लघुजलबिधुत आयोजनाको पावर हाउस । तस्बिर सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटले लोड सेडिङ समस्या झेली रहेको समयमा ताँजाकोट गाउँपालिकाको कर्पुखोला लघु जलबिधुत आयोजनाले उत्पादन गर्दै आएको बिधुत पुर्ण रुपमा खपत हुन सकेको छैन । गैरसरकार संस्थाले छोटो अवधिमा सो आयोजना निर्माण गरेको र निर्माण गर्नु अघि सम्मझौता भएका बस्तीका घरधुरी बाहेक अन्य बस्तीलाई बिधुत आफुर्ती गर्न नमिल्ने भएको कारण सो आयेजनाले उत्पादन गर्ने बिधुत आधा मात्र खपत हुँदै आएको हो ।

ताँजाकोट गाउँपालिकाका लागि उत्पादन हुँदै आएको कर्पुखोला लघु जलबिधुत आयोजनाको बिधुत पुर्ण रुपमा खपत हुन नसकेको गाउँपलिका अध्यक्ष लालकेश जैसीले बताए । उक्त आयोजनाले ११० किलोवाट बिधुत उत्पदन गर्दै आएको छ । उनका अनुसार कुल उत्पादित बिधुत मध्य पचास प्रतिशत ( ५५ किलोवाट ) बिधुत मात्र खपत हुने गरेको छ । ताँजाकोट गाउँपालिकाका एघार सय घरधुरी रहेका छन ।

चौबीसै घण्टा बिुधत प्रयोग गर्दा पनि आधा मात्र खपत हुने गरेको छ । उक्त आयोजनाले आठ सय घरधुरीमा बिधुत आपुर्ती गर्दै आएको छ । कादुरी संस्थाले सो लघुजलबिधुत आयोजना छ महिनाको छोटो अवधिमा निर्माण गरेको थियो । उक्त संस्थासंग सम्झौता गर्ने क्रममा गाउँपालिकाका सबै घरधुरीमा बिधुत आपुर्ती गर्ने गरि सम्झौता नगरिएको कारण बाँकी तीन सय घरधुरी बिधुतबाट बन्चित हुनु परेको छ ।

अहिले बाँँकी घरधुरीमा पनि बिधुत आपुर्ती गर्ने प्रकृया बुझ्दा नमिल्ने जवाफ आउने गरेको छ । एकातिर आयोजनाले उत्पादन गर्ने बिधुत खपत नहुने र अर्कोतर्फ उत्पादन भएको बिधुत तीन सय घरधुरी सोलार र दियालोको भरमा उज्यालो गर्नु परि रहेको अवस्था रहेको छ । उक्त संस्थाले वीस वर्षका लागि सम्झौता गरेको छ ।

आयोजना सञ्चालनका लागि एउटा समिति गठन गरिएको र सो समितिले बिधुत खपत भए पावत प्रति घरधुरी प्रतिमहिना एक सय रुपियाँ महशुल लिने गर्दै आएको छ । संस्था र स्थानीयको जनश्रमदान गरि नौ करोड लागतमा सो आयोजना एक वर्ष अगाडी निर्माण गरिएको हो ।