सि.टा समचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा सुबिधा सम्पन्न बिजय होटेल बिस्तार भएको छ । ग्राहकको माग अनुसार यसअघि सेवा दिदै आएको बिजय होटेलले आफ्ना सेवाहरु बिस्तार गरेको हो ।
यसअघि एउटा भवनबाट मात्र सञ्चालन हुदै आएको सो होटेललाई ग्राहकको माग अनुसार बिस्तार गरिएको उक्त होटेलका सञ्चालक बिजय लामाले बताए । गएको मानसरोवर कैलाशको दर्शन गर्ने सिजनमा होटेलको एउटा मात्र भवनले मात्र नपुग भएपछि अर्को भवन थप गरिएको हो । सदरमुकाम सिमकोटमा सुबिधा सम्पन्न होटेलमा पर्ने अर्को भवन बिस्तार गरेर होटेल सञ्चालनमा ल्याईएको उनल्े बताए ।
आठ कोठे होटेलको भवनमा हलको समेत ब्यवस्था गरिएको छ । यसले गर्दा मानसरोवर कैलाशको सिजनमा भारतीय पर्यटकहरुलाई सहज हुने बिस्वास गरिएको छ । त्यसैगरि आन्तरिक पर्यटकहरुलाई पनि सहज हुनेछ ।
अब होटेल बिजयले एक दिन एक असी जना पर्यटकहरुलाई बास दिन सक्ने छ । त्यसैगरि रोजगारी दिएको संख्या पनि बढेको छ । हाल होटेल बिजयले प्रत्यक्ष रुपमा दश जनालाई रोजगारी दिएको छ । होटेलको सो भवन निर्माण गर्दा एक करोड लागत लागेको छ । सिमकोटमा मात्र पर्यटकीय होटेलहरु नौ वटा सञ्चालनमा आई सकेका छन ।























