लोग भण्डारी
सिमकोट । सदरमुकाम सिमकोटमा भएका मासु पसलको अनुगमन गरिएको छ । अनुगमन काार्य पशुसेवा कार्यालयका प्रमुख नवीन पौडेलको अध्यक्षतामा भएको थियो । सदरमुका सिमकोटमा रहेका मासु पसल खसीको मात्र मासु पाउने चार पसल र कुखुराको मासु पसल बाह्र गरि जम्मा सोह्र मासुपसल रहेका छन ।
अनुगमनमा उधोग बाणिज्य संघ जिल्ला अध्यक्ष राम बहादुर भण्डारि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि पत्रकार महासंघ प्रतिनिधि, रेडियो कैलाश ,रेडियो कर्णाली र सुरक्षा कर्मिको सहभागिता रहेको थियो ।
यो मौसम चिसो भएको कारण मासु खासै नबिग्रिएको पाईएको थियो । प्रत्यक मासु पसललाई सफा र स्वच्छ राख्न सुझाव दिदै पशु सेवा कार्यालय तथाा पशु अस्पतालकाा प्रमुख पौडेलले चेतावनी दिएका छन । अब फेरि आउदा मासु सफा र स्वच्छ नराखे कानुनि कारवाही गरिने समेत जानकारी दिएका थिए ।















