एक सय जनालाई बेरोजगारलाई पाँच प्रकार सीप बिकास तालिम सञ्चालन

फोटो क्याप्सन सीप बिकास तालिम छनौटका लागि छलफल गरिदै । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । एक सय जना बेरोजगार युवाहरुलाई सीप तथा आयआर्जन सम्वन्धि तालिम सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले चालु आवमा सञ्चालन गरिने कार्यक्रम भित्र यी सीप बिकासका तालिम सञ्चालन गरिएका हुन ।

जिल्लाका सात वटै गाउँपालिकामा एक सय जनालाई सीप बिकासका तालिमहरु सञ्चालन सुरु गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुनराज जोसीले बताए ।

यसअघि आयोजनामा जिल्ला स्तरीय समन्वय समितिको बैठकले गाउँपालिकाबाट आएका सीप तथा आयआर्जन सम्वन्धिका मागहरुलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । सुरु गरिएका सीप तथा आयआर्जन सम्वन्धि तालिमहरु गाउँपालिका अनुसार नाम्खा गाउँपालिका–३ मा राडीपाखी बुनाई तालिम सञ्चालन भएको छ भने सिमकोट गाउँपालिकामा व्युटी पार्लर तालिम सञ्चालन भएको छ ।

त्यसैगरि खार्पुनाथ र सर्केगार्ड र ताँजाकोट गाउँपालिकामा सवारी साधन मर्मत सम्वन्धि आधारभूत तालिम आयोजना गरिएको छ । यता चंखेली गाउँपालिकामा फर्निचर तालिम सञ्चालन भएको भने अदानचुली गाउँपालिकामा हाउस वायरिङ तालिम सञ्चालन भएको छ ।

यो तालिम गाउँपालिका स्तरमा सुरु भएको हो । यी तालिममा लक्ष्य पुरा भन्दा पनि तालिमपछि काम सुरु गर्ने जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिईने छ । सहभागी छनौटका लागि सम्पुर्ण रुपमा गाउँपालिकालाई जिम्मेवार बनाईएको थियो । तालिम पश्चात सहभागीको नाममा निशुल्क ब्यवसाय दर्ता, सामाग्री हस्तान्तरण समेत गरिने छ ।