अहिलेको संकटको मोचनका लागि पनि काँग्रेस नेतृत्व आवश्यक ः उम्मेदवार रोकाया

सि.टा. समाचारदाता
सिमकोट । नेपालमा परिवर्तनदेखि बिकाससम्मका कामहरु नेपाली काँग्रेस नेतृत्वमामा भएको चुनावी प्रचारका क्रम चंखेली गाउँपालिकाको घरदैलोमा रहेका काँग्रेस उम्मेदवार जयपति रोकायाले अवको निर्वाचनमा पनि देशभरका मतदाताले काँग्रेस उम्मेदवारलाई मतदान गर्न आवश्यक रहेको बताएका हुन ।

गत भदौ २३ र २४ गते पछि देश गहिरो संकटमा फसको बताउदै उनले देशको संविधान, गणतन्त्र र बिधिको शासन अगाडी बढाउन पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको र त्यसका लागि फागुन २१ के निर्वाचनमा काँग्रेसलाई मतदान गर्न उनले आग्रह गरे ।

भन्नु भन्दा पनि देश संकटमा फसेको वा फसाईएको जुन सुकै समयमा पनि काँग्रेस देशको नेतृत्व सम्हालेर देशलाई निकास दिने कार्य गरेको उनले बताए । अहिले पनि देश अप्ठ्यारो अवस्थमा पुगेको र लोकतन्त्रादी पार्टीले देशको यो समस्या अवको निर्वाचन पछि समाधान गर्ने उनले बताए ।

यो काँग्रेस भएर नभनेको बताउदै एक पटक देशमा देखिएका संकट समाधानमा काँग्रेसले खेलेको नेतृत्वदायी भुमिका हेर्दा पनि बुझिने उनले बताए जसरी यो देशको संकट समाधानका लागि काँग्रेसको भूमिका रहेको छ । त्यसरी नै हुम्ला जिल्लाको बिकास गर्न पनि काँग्रेसले निर्वाह गरेको हालसम्मको भूमिका हेर्दा हुने उनले बताए ।

अबको निर्वाचनमा हुम्लाबाट पनि काँग्रेसलाई बिजय गराउन उनले आग्रह गरे । एक अर्को प्रसंगमा काँग्रेस उम्मेदवार रोकायाले यस पटकको निर्वाचन अत्याधिक मत दिएर बिजयी गराउन र बाँकी रहेका काम गर्ने अवसर पनि काँग्रेसको तर्फबाट प्राप्त गर्ने बिस्वास ब्यक्त उनले ।