शैक्षिक अन्तरकृयामा बिधार्थी र अभिभावकद्धारा समस्याको चाँङ प्रस्तुत

फोटो क्याप्सन शैक्षिक अन्र्तकृया कार्यक्रममा समस्या सुनाउदै बिधार्थीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । विद्यालयमा अध्ययनरत बिधार्थीहरुद्धारा समस्यै समस्याको चाँङ प्रस्तुत गरिएको छ । शैक्षिक सुधारका लागि गाउँपालिका स्तरमा सञ्चालन गरिएको शैक्षिक अन्र्तकृया कार्यमा बिधार्थीहरुद्धारा ती समस्या बताईएका हुन ।

नयाँ शैक्षिक सत्रमा शिक्षा क्षेत्रको सुधारका लागि आफ्नो भनाई राख्दै मानसरोवर नमूना माध्यामिक विद्यालयका छात्रा एलिसा जेठाराले विद्यालयमा खानेपानीदेखि सेनिटरी प्याडको ब्यवस्था राम्रो हुन नसकेको गुनासो सुनाईन । त्यसैगरि उहाँले कक्षाकोठा समेत धुलाम्मे भएको बताउदै यसले पठनपाठनमा असर गरि रहेको बताउनुभयो ।

कार्यक्रममा अर्का छात्र डिल्लीराज शाहीले पुस्तकालयमा पुस्तकको ब्यवस्था नभएको बताउदै अझ प्रविधिसंग सम्वन्धि पुस्तकको त झनै ब्यवस्था हुन नसक्नु दुःखको कुरा भएको उनले बताए । कम्प्युटर ल्यावमा कम्प्युटर प्रयोग गर्न नपाईले बताउदै यसबाट अहिलेको प्रविधिसंग बिधार्थी घुलमिल हुन नसब्ने उनको भनाई छ ।

त्यसैगरि अर्का बिधार्थी रविन सुनारले गाउँपालिकाले एक वर्ष अगाडीदेखि गाउँपालिकाका सवै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेर त्यसैका आधारमा पठनपाठन सुरु गरेको भएपनि हालसम्म पाठ्यपुस्तक निर्माण गर्न नसकेकोमा गुनासो पोखे ।

त्यसैगरि खेल मैदान साँघुरो भएर बिधार्थीहरुले विद्यालयमा खेल खेल्ने अवसरबाट बञ्चिात हुनु परेको भनाई उनको थियो । यता अभिभावक गोर्ख बोहराले शैक्षिक गुणस्तर खस्कदो अवस्थामा पुगेकोले यसलाई सुधार गर्न, अभिभावक, शिक्षक, बिधार्थी र अन्य सरोकारवाला पक्षको ध्यान जान अति आवश्यक रहेको उनले बताए ।

उनले गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिने गरि काम गर्न पनि सुझाव दिनुभयो । शिक्षा क्षेत्रको सुधार विना अन्य क्षेत्रमा काम गर्दा यसले अवस्था बिकराल बनाउने भएको कारण शैक्षिक सुधारका लाष्गि काम गर्नु पर्ने बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले सुधारका लागि केही प्रयासको थालनी गरिएको भएपनि त्यो प्रयाप्त नभएको स्वीकार गरिन ।

उनले साधन श्रोत कै कमीको कारण गर्नै पर्ने कामहरु पनि गर्न नसकिने अवस्था रहेको बताउदै भएकै साधन र श्रोतबाट काम गर्नुपर्ने बाध्यतामा गाउँपालिका रहेको बताईन । सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले यसै यमस्याको सुनुवाई गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको र यसमा आएका समस्याहरुको समाधानका लागि लाग्ने बताए ।

कार्यक्रममा बिधार्थी, प्रधानाध्यापक, जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक लगाएको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।